गुरुवार, 27 नवंबर 2014

नवाज सरिफ र नरेन्द्र मोदी आजै स्वदेश फर्किने

शीतलनिवासले भारत-पाकिस्तान तनाव घटाउन प्रयास गर्ने
११ मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलन समापन लगत्तै भारत र पाकिस्तानका प्रधानमन्त्री विहीबारै स्वदेश फर्किने भएका छन् । पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार प्रधानमन्त्री नवाज सरिफ बुधबार साँझै इस्लामावाद फर्किने भएका छन् ।
MODI-AND-SARIF-AT-SAARC-SUMत्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि विहीबार राति नै भारत फर्किने भएका छन् । स्वदेश फर्किनुअघि दुबै प्रधानमन्त्री नेपालका राष्ट्रपति डा.रामवरण यादवले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् । पाकिस्तानी प्रधानमन्त्री मोदीभन्दा अगावै इस्लामावाद र्फकने बताइए पनि शीतल निवासको रात्रीभोज पाकिस्तानले क्यान्सिल नगरेको शीतलनिवास स्रोतले बतायो । राष्ट्रपति डा. रामवरण यादवले रात्रीभोज आयोजना गरेको समय र पाकिस्तानी प्रधानमन्त्री फर्किने समय एउटै परेको भनिए पनि कतैबाट पनि रात्रि भोजमा सहभागी नहुने जानकारी नआएको स्रोतले जनाएको छ । सार्क सदस्य राष्ट्रका अन्य राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु भने शुक्रबार मात्रै स्वदेश फर्किनेछन् । शीतलनिवासले भारत-पाकिस्तान तनाव घटाउन प्रयास गर्ने यसैवीच भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच सार्क सम्मेलन अवधिभर सम्बन्धमा चीसोपन देखिएकाले आयोजक राष्ट्र नेपालका राष्ट्राध्यक्ष डा. रामवरण यादवले रात्रीभोजका अवसरमा मोदी र सरिफको सम्बन्धमा सुधार ल्याउन प्रयास गर्ने भएका छन् । नेपाल र भारत र पाकिस्तानको सम्बन्ध सुधार्न मध्यस्थता गर्न सक्ने चर्चा चलिरहेका बेला शीलतनिवासले रात्रीभोजमा दुई मुलुकबीचको तनाव घटाउन र सार्कमा एकता कायम गर्न मोदी र सरिफलाई आग्रह गर्ने स्रोतले अनलाइनखबरलाई बतायो ।  

कोई टिप्पणी नहीं: