गुरुवार, 27 नवंबर 2014

सार्क सम्मेलन असफल हुने संकेत देखियो

सडक र रेल्वे सञ्जालमा पाकिस्तान असहमत
११ मंसिर, काठमाडौं । विहीबार सम्पन्न हुने १८ औं सार्क शिखर सम्मेलन एजेन्डाको हिसाबले असफल हुने संकेत देखिएको छ । सम्मेलनको प्रमुख एजेन्डामा सार्क राष्ट्रलाई यातायात सञ्जालमा जोड्ने प्रस्तावसमेत थियो । तर, विदेशमन्त्रीस्तरीय बैठकमा पाकिस्तानी विदेशमन्त्रीले यो प्रस्तावलाई अस्वीकार गरेका कारण यातायात ‘कनेक्टिभिटी’ सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसक्ने भएको हो । सम्मेलनको महत्वपूर्ण एजेन्डामा रहेको रेल्वे सञ्जाल र सडक यातायात सञ्जालमा आउन पाकिस्तानले अनिच्छा देखाएको हो । एउटा राष्ट्र असहमत भएपछि सो एजेन्डामा पारित हुँदैन । सार्क राष्ट्रलाई रेल्वे र सडक सञ्जालमा जोड्ने विषयमा पाकिस्तानमा आन्तरिक छलफल र निर्णय हुन बाँकी रहेको भन्दै पाकिस्तानी अधिकारीहरु पछि हटेका हुन् । रेल्वे र सडक सञ्जालपछि उर्जासम्बन्धी सम्झौता सार्कको अर्को एजेन्डा हो । यो विषयमा सहमति हुने/ नहुने विहीबारको समापन समारोहपछि नै टुंगो लाग्ने छ । भारत र पाकिस्तानका सरकार प्रमुखवीच देखिएको तिक्तताले पनि १८ औं सार्क शिखर सम्मेलनलाई खल्लो बनाएको छ ।  

कोई टिप्पणी नहीं: