मंगलवार, 18 नवंबर 2014

नेपालबारे ‘रअ’ हाकिमलाई मोदीका एघार प्रश्न

मोदीको प्रश्नले आलोक जोशीहरु अक्क न बक्क 
काठमाडौं,मंसिर २  – नेपालको ‘माइक्रो म्यानेजमेन्ट’ मा हस्तक्षेप गर्दै आएको भारतीय कर्मचारीतन्त्र र खुफिया एजेन्सीका मान्छेहरुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकक्षमा खडा गरेर भद्र असन्तुष्टी जनाएपछि भारतको नेपाल नीतिमा बदलाबका संकेतहरु देखापरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री मोदीका केही अहम् प्रश्नको जवाफ दिन नसक्दा खुफिया एजेन्सी ‘रअ’ का हाकिम नर्भस भएका थिए । मोदीले भारतको भूमिका नेपालमा शान्ति र स्थिरता कायम गर्नेतर्फ हुनुपर्ने भन्दै अहिलेसम्मका भूमिकाहरुप्रति असन्तुष्टी जनाउँदै केही प्रश्नहरु तेर्साएका थिए । भारतको विकास गतिमा नेपाल कहिले पुग्ला ?यस्तै चिन्ता भारतीय प्रधानमन्त्रीले विश्वब्यापी रुपमा व्यक्त गर्दै आएका छन् ।
Narendra Modiमोदी नै भारतका एक मात्र प्रधानमन्त्री हुन् जसले भारतीय स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा उभिएर विश्वलाई सुनाउँदै नेपालको लोकतान्त्रिकरण र शान्ति प्रक्रियाको प्रशंसा गरेका थिए । त्यतिमात्र होइन,उनले संयुक्त राष्ट्र संघको महासभामा समेत नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका बारेमा विश्व समुदायलाई सुनाउँदै प्रशंसा गरेका थिए ।
नेपालको आर्थिक,औद्योगिक विकासका साथै सामाजिक रुपान्तरणका लागि चिन्तित भारतीय प्रधानमन्त्री मोदीले विश्वमै क्रियाशील रिसर्च एण्ड एनलाइसिस विङ (रअ)का जिम्मेवारहरु समक्ष निकै महत्तवका,तत्कालीन र दीर्घकालीन प्रश्नहरु राखेको थाहा भएको छ । सार्क शिखर सम्मेलनको सन्दर्भमा नेपाल सम्बन्धी बिफ्रिङ गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय पाएका रिसर्च एण्ड एनलाइसिस विङका प्रमुख आलोक जोशी,अर्का हाकिम खन्ना र दशमनाजस्ता व्यक्तिहरुलाई सभ्य र भद्र तरिकाले मोदीले असन्तुष्टी व्यक्त गरेको कुरा बिजेपी निकट स्रोतले बताएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

कोई टिप्पणी नहीं: