गुरुवार, 27 नवंबर 2014

खुकुरी प्रहार गरी बुहारीको हत्या

रविन भट्टराई ११ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको लिवाङमा ससुराले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । लिवाङ ८ का ६० वर्षका ससुरा हर्कबहादुर लिम्बुले सामान्य घरायसी विवादमा बुधबार साँझ आˆनै बुहारी ३५ वर्षकी ईन्द्रकुमारी लिम्बु माथि खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनको टाउकोमा खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । खुकुरी प्रहार गर्ने हर्कबहादुरलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । मृतक ईन्द्रकुमारीको सव पोस्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

कोई टिप्पणी नहीं: