मंगलवार, 18 नवंबर 2014

सत्ता–विपक्ष घमासान

काठमाडौं,मंसिर २ – सत्ता र प्रतिपक्ष गठबन्धनबीच असहमति र सहमतिका विवाद सम्बोधन गर्ने प्रक्रियाबारे परस्पर विरोधी प्रस्ताव आएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन्।
CPDCC Meetingसत्तासीन कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले चार सय चारजना सभासद्का तर्फबाट राखिएको नौबुँदे संयुक्त अवधारणापत्र संविधानसभामा लगियोस् भनी संवाद समितिका बहुमत सदस्यको हस्ताक्षर सभापति भट्टराईलाई सोमबार बुझाएपछि प्रतिपक्षी गठबन्धनले यसको विरोध गर्दै सत्तापक्ष बहुमतीय आधारमा संविधान बनाउने प्रक्रियामा लागेको आरोप लगाएको छ। प्रतिपक्षी गठबन्धनले प्रस्ताव छलफलका लागि अगाडि नबढाउन भट्टराईलाई आग्रह गरेपछि उनले सत्ता पक्ष र प्रतिपक्षका परस्पर विरोधी प्रस्तावबारे राजनीतिक र कानुनी परामर्श गर्न अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्। सभापतिकै भूमिकामा प्रश्नचिह्न लाग्ने गरी कांग्रेस–एमालेतर्फबाट आएको प्रस्तावको बृहत् राजनीतिक, कानुनी असर र परिणाम तथा यसको समग्र पक्ष अध्ययन नगरी बैठक सञ्चालन गर्नु उपयुक्त नहुने भट्टराईले बताए। ती सबै पक्षमा जानकार, विज्ञ र कानुनविद्सँग सल्लाह गरेर आगामी कदम कसरी अगाडि बढाउने भन्ने निर्णयमा पुग्न बैठक स्थगित गरेको भट्टराईले प्रस्ट्याए।
प्रधानमन्त्री सुशील कोइरालासहित ४३ जनाको हस्ताक्षर रहेको पत्रमा कांग्रेस–एमालेको संयुक्त प्रस्ताव अनिवार्य रूपमा संविधानसभामा पठाउनुपर्ने आशय व्यक्त गरिएको उनले बताए। भट्टराईले भने, ‘त्यसरी अकस्मात् ढंगले प्रस्ताव ल्याएर दबाब सिर्जना गर्ने हो भने सभापतिले निष्पक्ष ढंगले भूमिका निर्वाह गर्न सम्भव हुँदैन।’ पत्रलाई भट्टराईले राजनीतिक बेइमानीको संज्ञा दिए। ‘राजनीतिक रूपमा पनि यति बेइमानी गरिएको छ, आधा घन्टा बैठक स्थगित गरेर प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग मैले राखेको प्रस्तावमा छलफल हुँदै थियो । त्यतिबेला उहाँहरूले केही जानकारी गराउनुभएन, ‘भट्टराईले भने, ‘यो राजनीतिक नैतिकता भएन, यसले वातावरण धेरै असहज बनाएको अनुभूत गरेको छु, स्थिति धेरै गम्भीर बनेको छ।’ १२ बुँदे समझदारीयताका सहयात्रीहरूबीच असमझदारी बढ्दा मुलुक ठूलो दुर्घटनामा जानसक्ने खतरा औंल्याउँदै भट्टराईले भने, ‘नयाँ द्वन्द्व निम्तिन सक्छ।’आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

कोई टिप्पणी नहीं: