रविवार, 21 दिसंबर 2014

स्वतन्त्र पत्रकार संघ रुपन्देहीमा पुन : गैरे अध्यक्ष !

उल्टो साइकल यात्रीद्वारा विना अक्सीजन सगरमाथा चढ्ने उद्घोष बुटवल पुस ६ - बुटवल स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा रुपन्देहीको शनिवार सम्पन्न दोस्रो अधिवेशनले पुनः वावुराम गैरेलाई दोस्रो कार्यकालको लागी नेतृत्व सुम्पने निर्णय गरेको छ । बुटवल कालिकानगर स्थित संघको सभाहलमा सम्पन्न अधिवेशनले बाबुराम गैरेको अध्यक्षतामा ९ सदस्य कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको हो । स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्ण प्रशाद वास्तोलाको प्रमुख आतित्यथा तथा रुपन्देहीका वरिष्ठ सल्लाहकार तथा तिनाउ एफ्. एम्.का अध्यक्ष मृगेन्द कुमार शेरचनको विशीष्ट आतित्यथा रहेको खुल्ला सभामा संघका केन्द्रिय सचिव नन्दराम पौड्याल, कोषाध्यक्ष दिनानाथ वराल, केन्द्रिय सदस्य राजेन्द्र जंग रायमाझि चितवन जिल्ला अध्यक्ष सुर्य प्रशाद कडेंल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित कार्यसमितीमा उपाध्यक्ष्ँ अनिल पहाडी, सचिव अशोक गौतम , कोषाध्यक्ष दिनेश श्रेष्ठ, तथा सदस्यहरुमा सपना शर्मा, शशी परियार ,उषा किरण पन्थ, चक्रपानी डुम्रे र युवराज लामीछाने रहेका छन् । यसैगरी अधिवेशनले प्रत्येक ५ सदस्य को आधारमा ७ जना केन्द्रिय पार्सद चयन गरेको् छ । जसमा राजेन्द्र जंग रायमाझि , नवसुजित भण्डारी, विरेन्द्र पाण्डे ,डि. आर. संघार ,गोविन्द वस्नेत, गणेश ज्ञवाली र शिव भुषाल रहेका छन् । यसैविच संधको अधिवेशनमा बोल्दै मेची महाकाली उल्टो साइकल यात्री फांटो पत्रकार विरेन्द्र पाण्डेले आफु संघको सहयोग रहे विना अक्सीजन सगरमाथा चढेर विश्व कित्र्तीमान रच्ने उद्घोष गर्नु भएको थियो । त्यसै गरी कोषाध्यक्ष्ँ दिनेश श्रेष्ठ र सचिव अशोक गौतमले संयुक्त रुपमा संघको अक्ष्यकोष स्थापनार्थ नगद पचास हजार तथा कार्यलयलाई केही फर्निचर सहयोग गर्ने घोषणा गर्नु भएको थियो । अधिवेशनले अध्यक्ष तथा कोषाध्यक्ष्ँको प्रतिवेदन सुझाव सहित पारित समेत गरेको छ ।

कोई टिप्पणी नहीं: