रविवार, 21 दिसंबर 2014

नेपाल भारतसँग पराजित !

६ पुस, काठमाडौँ ।  प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल भारतसगँ पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको सो प्रतियोगितामा नेपाली महिला टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । खेल सुरुवातीदेखि नै निकै आक्रमक शैलीमा उत्रेको भारतसामु नेपाली महिला टोली निरिह बन्यो ।
nepali women vollyball teamखेलको पहिलो सेटमा २५–१६, दोस्रो सेट २५–१७ र तेस्रो सेट पनि २५–१७ ले नै पराजित हुन पुग्यो । यस जितसँगै दुई खेल खेलेको भारतले ६ अङ्क जोडेको छ भने तीन खेल पूरा गरेको नेपालको पनि समान ६ अङ्क नै छ । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै नेपालले यसअघि भएको पहिलो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेल बङ्गलादेशलाई पनि ३–० को सोझो सेटमा पाखा लगाएको थियो । खेलपछि नेपालका मुख्य प्रशिक्षक सुदिसकुमार रिमालले प्रतियोगिताको पहिलो र दोस्रो खेलमा भन्दा आजको खेलमा नेपाली टोलीले निकै राम्रो खेल प्रदर्शन गरेको टिप्पणी गरे । उनले नेपालको ब्लक र सर्भिस विग्रिएता पनि भारतको टोली निकै छिटो खेल्ने भएकाले नेपालले हार भोग्न पुगेको बताउँदै आगामी खेलमा श्रीलङ्कालाई हराउने विश्वास व्यक्त गरे ।
त्यस्तै भारतकी मुख्य प्रशिक्षक माहालिनगमले प्रतियोगितामा आफनो टोलीले उत्कृष्ट खेल खेलेको बताउँदै नेपालकी सरस्वती चौधरी र प्रतिभा मालीले अन्य खेलाडीभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको टिप्पणी गरे । नेपालकी टोली कप्तान विनिता बुढाथोकीले नेपाली टोलीका धेरैजसो खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव नभएकाले पनि प्रतियोगितामा हार भोग्नु परेको बताए । नेपालले आगामी खेल पुुस ८ गते श्रीलङ्काको सामना गर्नेछ । यसैगरी सोही मैदानमा आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । श्रीलङ्काले माल्दिभ्सलाई २५–९,२५–१२ र २५–१७ को सेटमा पराजित गरेको हो । यस जितसँगै श्रीलङ्काले पनि ६ अङ्क जोडेको छ भने माल्दिभ्स अङ्कविहीन छ । भोलिको पहिलो खेल दिउँसो २ः०० बङ्गलादेश र माल्दिभ्सबीच हुनेछ भने दोस्रो खेलमा ४ः०० बजे भारत र श्रीलङ्का आमनेसामने हुनेछ । रासस 

कोई टिप्पणी नहीं: