रविवार, 21 दिसंबर 2014

सुवास नेम्बाङले पनि बाबुरामकै बोली बोले !

 ६ पुस, काठमाडौं ।  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानका बिवादीत अन्तरबस्तुमा सहमति जुटाउन अब अर्को संयन्त्र नबनाउने बताएका छन् । सहमति जुटाउन संविधानसभाको संवैधानिक, राजनीतिक सम्बाद तथा सहमति समिति यथावत रहेकाले अर्को संयन्त्र आवश्यक नपर्ने नेम्वाङको भनाई छ ।
subash nemmaagसम्बाद समितिमा सवै राजनीतिक दलका शिर्ष नेता रहेकाले त्यसले गर्न नसक्ने सहमति अरु संयन्त्रबाट संभव नहुने तर्क नेम्वाङले गरे । संविधानसभाको जारी बैठकमा सत्तारुढ दलका सभासदले अब संविधानसभाले अर्को संयन्त्र बनाउनुपर्ने माग गरिरहेकाबेला सभाध्यक्ष नेम्वाङले त्यो आवश्यक नभएको बताएका हुन् । यस अघि पनि बाबुराम डा बाबुराम भट्टराईले पनि आइतबार नै राजनीतिक समितिको विकल्प खोज्न नहुने बताएका थिए । दलहरुबिच संविधानका बिषयबस्तुमा सहमति नभए माघ ८ गते भित्र संविधान नबन्ने उनले दोहोर्याए । संविधानसभा भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै नेम्वाङले प्रकृयामा गए माघ ८ भित्र संविधान नबन्ने बताए । प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुले माघ ८ मा संविधान जारी गर्न सहमति नभए अब प्रकृयामा जानुपर्ने अडान अघि सार्दै आएका छन् । संविधानका बिबाद समाधान गर्न दलहरुले नसकेको भन्दा पनि नचाहेको नेम्वाङको आरोप छ । यसैबीच काठमाण्डौमा भएको अर्को एक कार्यक्रममा नेम्वाङले दलहरुबीच सहमति नभई संविधान बन्न नसक्ने बताएका छन् । दलका नेताहरु प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेम्वाङले बाहिर सहमतिको कुरा गर्ने तर गर्ने बेलामा असहमति गर्ने गरेको बताए ।

कोई टिप्पणी नहीं: