सोमवार, 22 दिसंबर 2014

४० करोडका ६ पक्की पुल अधुरो

नुवाकोट, पुस ७ - ठेकेदार कम्पनीले समयमा काम नगर्दा डिभिजन सडक कार्यालयअन्तर्गत नुवाकोट र रसुवामा निर्माणाधीन झन्डै ४० करोड लागतका ६ पुल तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । सडक कार्यालयले आर्थिक वर्ष ०६६/०६७ मा ठेक्का गरेको विदुर नगरपालिका र खड्ग भन्ञ्याङ जोड्ने त्रिशूलीको बुनेबेंसी पुल हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने पुल काम सुरु हँुदा भुइँ लेबलमा चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ भएको छ । सडक कार्यालयमा सो पुल निर्माण सक्न ठेकेदार कम्पनी सपना/हिमडुङ जेभीलाई पटकपटक म्याद थप गरको छ ।
त्यस्तै सूर्यमती र चौघडा जोडने लिखु खोलाको गड्खार पुलसमेत समयमै सम्पन्न हुन सकेको छैन । एक वर्षअघि नै सम्पन्न हुनुपर्ने पुलमा सडक कार्यालयले दुई पटक म्याद थप गरेको छ । यीबाहेक सडक कार्यालयले ठेक्का लगाएको ४० करोड मूल्य बराबरको रसुवाको पाहाखोला, नुवाकोटको सिक्रे, आप्रह र समुद्रटारका पक्की पुलहरू निर्धारित समयमै सम्पन्न गर्न सकेको छैन । डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख बुद्धि गुरुङले ठूला लगानीका पुलहरूमा आंशिक बजेट प्राप्त हुने र ठेकेदार कम्पनीहरूले बजेटका आधारमा मात्र काम गर्ने भएकाले निर्धारित समयमा काम हुन नसकेको बताए ।

लागत इस्टमेटभन्दा घटेर ठेकेदार कम्पनीले ठेक्का दर्ता गर्ने, काम पाएपछि कामको मोबिलाइजेट -पेस्की) लिई कार्यालयको सम्पर्कमा ढिला आउने प्रवित्तिका कारण समयसीमाभित्र काम हुन नसकेको प्रमुख गुरुङले बताए । पुल निर्माणमा लागतका आधारमा कार्यालयले पन्ध्र महिनादेखिको समय राखेर ठेकेदार कम्पनीलाई ठेक्का जिम्मा लगाउने गरिन्छ । 'ठेकेदारहरू काम सुरु गर्दा नै ढिलाइ गर्छन्,' डिभिजन प्रमुख गुरुङले भने । केही ठेक्कामा ठेकेदार कम्पनी कमजोर अवस्थाका पर्ने भएकाले पनि ठूला लागतका पुलहरू समयमै सम्पन्न हुन नसकेको उनले बताए ।

कोई टिप्पणी नहीं: