रविवार, 21 दिसंबर 2014

संसद सचिवालयका कर्मचारी हडतालमा

६ पुस, काठमाडौं । संविधानसभा सचिवालय बानेश्वरका कर्मचारीहरुले भोलीदेखी काम बहिस्कार गर्ने घोषणा गरेका छन् । शुक्रवार संविधानसभाको बैठक बसिरहेका बेला एक्कासी भिडिया सेन्टरको अडियो काटेर विरोधमा उत्रिएका कर्मचारीले भोलीदेखि काम वहिस्कार गर्ने घोषणा गरेका हुन् ।
CA inside सिहदरवारका कर्मचारी सरह तलब भत्ता पाउनुपर्ने माग गर्दै उनिहरुले पुरा नभए भोली १ बजेबस्ने संविधानसभाको बैठक देखीनै काम नगर्ने चेतावनी दिएका हुन् । नेपाल राष्टिय कर्मचारी संगठनका अध्यक्ष छलराम प्रसाद पौडेलले बिज्ञप्ती निकालेर आफुहरुका माग संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नसुनेको गुनासो गरे । आफ्ना मागसहिति पुष ७ गतेदेखि संविधानसभा भवनमा अवरोध गरेर आन्दोलन गर्ने जानकारी अध्यक्ष नेम्वाङलाई दिइसकेको संगठनका अध्यक्ष पौठेलले बताए । संविधानसभा सचिवालय सिहदरवारका कर्मचारीहरुले तलबको ८० प्रतिसत भत्ता र दैनिक ७ सय ५० खाजा खर्च पाउने गरेका छन् । ‘हामीले संविधानसभाको काम गरेकाले भत्ता पनि सचिवालयले नै उनीहरुका कर्मचारी सरह दिनुपर्छ ।’ पौडेलले भने । २०६५ असारमा सम्मेलन केन्द्र र संविधानसभा सचिवालयबीच पाँच वर्षका लागि भवन जिम्मा लिँदा त्यहाँ कार्यरत कर्मचारीले तलव विकास समितिबाट बुझ्ने तर भत्ता सचिवालयले आफ्ना कर्मचारी सरह दिने सम्झौता भएको थियो ।
तर कर्मचारीले अघिल्लो संविधानसभामा त्यो सुविधा पाएको भए पनि अहिलेको संविधानसभामा सुविधा पाएका छैनन । तर संसद सचिवालयले भने अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई पनि ८० प्रतिशत भत्ता दिने सहमति भइसकेको भए पनि खाना र खाजाको पनि भक्ता पाउने पर्ने माग गरेको जाएको छ । सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले नेपाली हेडलाइन्ससँग ८० प्रतिशत भत्ता दिने सहमति भइसकेको बताए । संविधानसभामा झण्डै ८० जना कर्मचारी करारमा कार्यरत छन् । 

कोई टिप्पणी नहीं: