सोमवार, 22 दिसंबर 2014

प्रधानमन्त्री सुशीलले भने- अझै १० वर्ष मिलेर सरकार चलाऔं

अख्तियारसँग नडराउन कर्मचारीलाई आग्रह
७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अझै ५/१० वर्ष मिलिजुली सरकार चलाउनुपर्ने बताएका छन्।
व्यवस्थापिका संसदको विकास, कृषि तथा जलस्रोत र अर्थ समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले दलहरुबीच अहिले पनि सहमतिका लागि प्रयास भइरहेको बताए । आन्दोलन मुलुकले नचाएको भन्दै उनले भने, मिलेरै जानुपर्छ, ५/१० वर्ष मिलेर सरकार चलाउनुपर्छ । कसैले हैकम चलाउन होइन ।’
कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी सबै दलले सहमति नै गर्ने भनेको भन्दै प्रधानमन्त्री कोइरालाले सहमति भनेर मात्र नहुने तत्परता देखाउनुपर्ने बताएका छन् । कांग्रेस सभापति समेत रहेका कोइरालाले भनेका छन्, सहमति भनेको मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन । सहमति ‘गिभ एण्ड टेक’ का आधारमा हुन्छ ।
उनले सहमतिका लागि आफ्ना पार्टी नेतृत्वलाई दबाव दिन सभासदहरुलाई आग्रह समेत गरेका छन् ।
आदिवासी जनजाति, महिला, दलित सबैको अधिकारलाई अधिकार दिने सहमतिबाट कोही पछि हट्न नसक्ने भन्दै प्रधानमन्त्रीले भने, किन आशंका गरेको ?
प्रधानमन्त्री कोइरालाले बजेट खर्च किन फ्रिज हुन्छ आफूले अझै बुझ्न नसकेको बताए । उनले भने, फटाफट खर्च गर्नुपर्‍यो । कन्जुस्याइँ गरेर हुँदैन । द्रुत गतिमा अगाडि बढाउनु पर्छ ।’ राजनीतिक अस्थाका आधारमा कर्मचारी सरुवा बढुवा ठूलो कमजोरी भएको भन्दै उनले यसलाई राजनीतिक नेतृत्वले नै सच्याउनुपर्नेमा जोड दिएका छन् । निजामति कर्मचारीमा अख्तियार आतंक रहेको भन्ने समिति सभापतिहरुको ध्यानाकर्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइलाले भने, राम्रो काम गरेको छ, हिसाव-किताब ठीक छ भने डराउनुपर्दैन । अख्तियारले पनि त्यतिकै थुनेर राख्दैन ।’

कोई टिप्पणी नहीं: