बुधवार, 28 जनवरी 2015

७ साना दलले भने-हामी ३० दलीय गठबन्धनमै छौं

१४ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनमा आबद्ध ७ साना दलका नेताहरुले आफूहरु गठबन्धनबाट अलग नभएको स्पष्ट पारेका छन् ।
Sana-7-dal-press-releseएमाओवादी नेतृत्वको गठबन्धनबाट अलग भएको खबर सार्बजनिक भएपछि बुधबार संयुक्त विज्ञप्ति निकालेर नेताहरुले त्यसको खण्डन गरेका हुन् ।
विज्ञप्तिमा आदिवासी जनजाति पार्टी नेपालका बुद्धराज स्याङतान, खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई (आरके खम्बु), थरुहट पार्टी नेपालका भानुराम चौधरी नेपाः राष्ट्रिय पार्टीका डा. केशवमान शाक्य, राष्ट्रिय जनमुक्ति पार्टीका केपी पालुङवा, सामाजिक लोकतान्त्रिक पार्टीका नेपालका पासाङ शेर्पा र संघीय लिम्वुवान पार्टी नेपालका खगेन्द्र माखिमको हस्ताक्षर छ ।
‘जातीय ऐतिहासिक पहिचानसहितको संघीयता र उत्पीडित जाति समुदायको अधिकारको लागि स्थापित दलहरु र हामी यसका नेताहरु तथा माननीय सभासदहरु पहिचान विरोधी, प्रतिगामी, यथास्थितिवादी, जनताको अधिकार विरोधीहरुको कित्तामा उभिने कुराको कल्पना पनि गर्न सकिन्न,’ विज्ञप्तिमा उल्लेख छ ।

कोई टिप्पणी नहीं: