मंगलवार, 27 जनवरी 2015

ओबामालाई भेट्न भारतीय अर्बपतीको लाइन

नयाँ दिल्ली, माघ १३ – नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा हायात होटलमा भेट्न नेपाली नेता तथा व्यापारीहरुको लाइन लागेको दृश्य नेपालीले देखिसकेका छन् । कुनै विदेशी नेता वा प्रमुख आउँदा नेताहरुको लाम देख्नु नेपालीका लागि कुनै नौलो विषय होइन ।
8905_ceo-meeting-14तर, यस्तै दृश्य भारतमा पनि देखिएको छ । शक्तिको पछाडि नेपाली मात्र होइन जो कोही पनि दौडिन्छन् भन्ने तलको तस्विरले देखाएको छ, जहाँ विश्वकै धनीको सूचीमा रहेका भारतीय व्यापारीहरु अमेरिकी राष्ट्रपति बराक ओबामालाई भेट्न लामबद्ध देख्न सकिन्छ ।
यसरी लाइन लाग्ने रतन टाटा, मुकेश अम्बानी, गौतम अडाणी, साइरस मिस्त्री, अनिल अम्बानी लगायत रहेका छन् ।
तीन दिने भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति बराक ओबामा र भारतीय प्रधानमन्त्री मोदीले भारतका अग्रणी कम्पनीका सीईओसँग भेट गरेका छन् । यस दौरान अमेरिका र भारतमा लगानीको सम्भावनाको विषयमा छलफल भएको थियो । उक्त भेटमा ओबामाले अमेरिकाको एक्जिम बैंकले विभिन्न प्राजेक्टका लागि १ अर्ब अमेरिकी डलर दिने घोषणा गरेको भारतीय मिडियाहरुले जनाएको छ । त्यस्तै युएस ट्रेड एण्ड डेभलप्मेन्ट एजेन्सीले पनि वैकल्पिक उर्जाको आयोजनामा २ अर्ब दिनेछ । पछि सबै सिइओहरुसँग ओबामा र मोदीले सामूहिक तस्विरसमेत खिचाएका थिए ।
0925_ceo-meeting-16  

कोई टिप्पणी नहीं: