मंगलवार, 27 जनवरी 2015

उपभोक्तालाई सास्ती दलाललाई मस्ती

दुई दिनमै तुहियो ग्याँस बाढ्ने सरकारी योजना 
काठमाडौ, माघ १३ – पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव भएपछि सरकारले नेसनल ट्रेडिङ मार्फत सर्बसाधारणलाई ग्यास बिक्री गर्न सुरु गरेपनि उपभोक्ताहरुले भने राहत महसुस गर्न सकेका छैनन् । ट्रेड्रिङको टेकुस्थित कार्यालयबाट बिक्री वितरण भइरहेको ग्यासमा समेत दलालहरुको बिगबिगी भएपछि उपभोक्ताले राहत महसुस गर्न सकेनन् ।
gas  (4)उपभोक्ताले लामो लाइन बस्दा समेत ग्यास सिलिन्डर पाउन मुस्किल पर्ने तर त्यहाँ सक्रिय हुने होटल तथा रेष्टुरा सञ्चालकहरुले एकै जनाले पनि धेरै सिलिन्डर खरिद गर्ने र बाहीर लगेर चर्काे मूल्यमा बिक्री गर्ने गरेपछि उपभोक्तालाई राहत दिने भनि ल्याइएको सरकारी योजना प्रभावकारी हुन सकेन नेपाल ग्यास बिक्रेता संघका अध्यक्ष बिबेन्द्र प्रधानाङ्गका अनुसार ग्यास बिक्री भइरहेका क्षेत्रमा उपभोक्ता भन्दा बढी दलाल सक्रिय हुने गरेका छन् । उनका अनुसार ग्यासको कालोबजारी गर्ने ८० प्रतिशत दलालहरुहरुले टेकुबाट ग्याँस सिलिन्डर खरिद गरि बाहिर लगेर चर्काे मूल्यमा बिक्री गर्ने गर्छन् । वाणिज्य मन्त्रीले रिबन काटेर आइतबारबाट शुरु गरेको ग्यास बिक्री वितरण कार्यमा उपभोक्ताको भन्दा दलालको बढी सहभागिता हुने गरको उनको भनाई छ । प्रधानाङ्गले मन्त्रीले लोकप्रियता कमाउनका लागि मात्र ग्यास बिक्रीको नाटक गरेको तर वास्तविक उपभोक्तालाई भने राहत नमिलेको बताए ।
उपभोक्ताले लामो समय कुर्दा बल्ल बल्ल ग्यास पाईहाले पनि ढुवानी लगाएतका कारण चर्काे मूल्य पर्ने भएकाले यसबाट उपभोक्तालाई थप मर्का परेको उनले बताए । सरकारले आफैले ग्यास बिक्री गर्नुको सट्टा ग्यास डिपोहरुलाई कोटा अनुसार ग्यास उपलब्ध गराउने र अनुगमन गर्ने गरेमा उपभोक्तालाई राहत मिल्ने र ग्यासको कृतिम अभाव समेत सिर्जना नहुने उनको भनाई छ । सरकारले आफैले ग्यासको बिक्री गर्दा प्रति सिलिन्डर १४ सय ३८ रुपैयाँमा बिक्री गर्नु पर्ने भएपनि प्रति सिलिन्डर बापत आउने ३२ रुपैयाँमा समेत ठूलो चलखेल भइरहेको उनले बताए । यसैबीच सरकारले आइतबार देखि सुरु गरेको ग्यास बिक्री वितरणको काम तीन दिनमै रोकिएको छ । सरकारी योजना अनुसार उपभोक्ताले राहत महसुस नगरेको भन्दै सरकाले ग्यास बिक्री वितरणमा रोक लगाएर उद्योगीहरुलाई नै ग्यास बिक्री वितरणको जिम्मेवारी दिने भएको छ । नेशनल ट्रेडिङबाट वितरण गरिएको ग्यासमा दलालहरु सक्रिय भएको र सामान्य मूल्यमा खरिद गरिएका ग्यास सिलिन्डर बाहिर लगेर कालोबजारी हुने गरेको भन्दै सरकारले हाललाई ग्यास बिक्री वितरणमा रोक लगाएको जनाएको छ ।  

कोई टिप्पणी नहीं: