मंगलवार, 27 जनवरी 2015

प्रधानमन्त्रीसँग विवादपछि वामदेवद्वारा मन्त्रिपरिषद् बहिस्कार

काठमाडौं,माघ १३ – सचिव बढुवाको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री वामदेव गौतमबीच सोमबार भनाभन भएको छ । प्रधानमन्त्रीको च्याम्बरमा विवाद भएपछि उपप्रधानमन्त्री गौतम मन्त्रिपरिषद् बैठकमा समेत गएनन् ।
bamdevमन्त्रिपरिषद् बैठक बस्नुअघि सचिव बढुवाको विषयमा छलफल गर्न प्रधानमन्त्री कोइरालाले उपप्रधानमन्त्री गौतमलाई आफ्नै च्याम्बरमा बोलाएका थिए । कोइरालाले गौतमसँग छलफल गरी आफ्नो योजनाअनुसार सचिव बढुवा गर्ने तयारी गरेका थिए । तर,गौतमले एकलौटी गर्न खोजिएको भन्दै कोइरालाको प्रतिवाद गरेपछि सोमबारको मन्त्रिपरिषद्बाट सचिव बढुवाको निर्णय हुन सकेन । प्रधानमन्त्री कोइरालासँग विवाद भएपछि उपप्रधानमन्त्री गौतम मन्त्रिपरिषद् बैठकमा आफू सहभागी नहुने भन्दै बाहिरिएका थिए । एमालेका अन्य मन्त्री भने बैठकमा थिए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

कोई टिप्पणी नहीं: