मंगलवार, 27 जनवरी 2015

बस खस्दा एकको मृत्यु, दर्जन घाइते

राजविराज, माघ १३ - अत्यधिक गतिमा रहेका एक यात्रुबाहक बस मंगलबार बिहान सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त हुँदा सवार यात्रुमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका एक दर्जनमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको छ । पश्चिमबाट पूर्वतर्फ जा“दै गरेको ना. ४ ख. ६९७६ नम्बरको यात्रुबाहक बस बक्धुवा ८ स्थित पूर्व पश्चिम सडकस्थित खोला माथि रहेको पुलको रेलिङ्ग भत्काउ“दै अनियन्त्रित भई खोलामा खसेको हो । बसको गति बढी रहेका अनियन्त्रित भई खोलामा खसेको स्थानीयले बताएका छन् ।
accidentयता दुर्घटनामा परी सुनसरीको दुहबी ५ का ४९ वर्षीय मोहम्मद आसिमको घटनास्थलमै मृत्यु भएको छ । उनको शवलाई पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्प्तालस्थित मुर्दा घरमा राखिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिए ।
बस दुर्घटनामा परी घाइते भएका एक दर्जन यात्रुमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको स्थानीय धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपछि सघन उपचारकालागि विराटनगरस्थित विभिन्न अस्पताल पठाइएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।
दुर्घटनाग्रस्त बसका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

कोई टिप्पणी नहीं: