बुधवार, 28 जनवरी 2015

पितृशोकमा क्रिकेटर शक्ति गौचन

१४ माघ, काठमाडौं । जतिबेला शक्ति गौचन डिभिजन टू क्रिकेटमा नेपाललाई जिताउन नामिबियाको मैदानमा डटिरहेका थिए, उनका बुबा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा कोमामा थिए ।
Shakti Gauchan Father Death (2)भैरहवामा भएको माइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका शक्तिका बुबा खड्गप्रसाद गौचनको मस्तिष्कमा गहिरो चोट लगेको थियो । मस्तिष्कको शल्यक्रिया गरियो । तर, उनलाई बचाउन सकिएन । बुधबार बिहान करिव ४ बजे उनको निधन भयो ।
खड्गप्रसादको थकाली परम्पराअनुसार बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
शक्ति उनका एक्लो छोरा हुन् । ‘बुबा कोमामा रहँदा पनि उनले कत्ति पनि बिचलित नभई देशका लागि खेले’ पशुपतिमा भेटिएका एक आफन्तले भने-‘छोराको अनुहार हेर्न कुरोको जस्तो भयो ।’
Shakti Gauchan Father Death (6)डिभिजन टू खेलेर नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो । शक्ति विमास्थलबाट बिरामी बुबालाई भेट्छु भन्दै सिधै अस्पताल पुगेका थिए ।
शोकमा शक्तिलाई साथ खड्गप्रसादप्रति श्रद्धाञ्जली दिन नेपाली क्रिकेट टीमका अधिकांश खेलाडी आर्यघाट पुगेका थिए । उनी निकै भावुक देखिन्थे । प्रशिक्षक पुबुदु दशानायके, सहायक प्रशिक्षक विनोद दासलगायत नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरु पनि श्रद्धाञ्जली दिन पुगेका थिए ।

Shakti Gauchan Father Death (1)
Shakti Gauchan Father Death (7)
Shakti Gauchan Father Death (9)
Shakti Gauchan Father Death (11)
Shakti Gauchan Father Death (12)

कोई टिप्पणी नहीं: