शनिवार, 28 फ़रवरी 2015

बाबुरामले भने– हामी बाघ हौं, दुब्लाएर बिरालो भएका छैनौँ !


काठमाडौं फाल्गुन १६ : एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले ३० दलीय मोर्चाको शनिबार भएको आन्दोलनलाई फिल्मको ट्रेलरमात्र भएको बताएका छन् । ‘आजको आन्दोलन ट्रेलरमात्र, फिल्मको आँधीबेहेरी आउँदैछ’, ३० दलीय मोर्चाले काठमाडौंको खुलामञ्चमा शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘बहुमतीय दम्भका आडमा अघि बढेका सत्तारुढ दललाई आन्दोलनको आँधीबेहेरीले उडाउने छ ।’
 हात्ती दुब्लाए पनि हात्ती नै बताउँदै नेता भट्टराईले जनताको मुक्ति नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे । ‘हात्ती दुब्लाए पनि हात्ती नै हुन्छ । बाघ दुब्लाएर विरालो हुँदैन’, भट्राईले भने, ‘बाघ केही दुब्लाएको हो, बिरालो भएको छैन, केही कम्जोर भएको छ । बाघ बुढो भएपनि घाँस खाँदैन ।’ नेता भट्राईले संविधानसभा माग्दा आफूहरुको टाउकाको मूल्य तोक्नेहरुले संविधानसभा अपहरण गरेको आरोप लगाए । ‘संविधानसभा माग्दा टाउकोको मूल्य ५० लाख तोक्नेहरुले संविधानसभा अपहरण गरे’, ‘जनताको रगतसँग साटेर ल्याएको संविधानसभा अपहृत भएकाले त्यसलाई फर्काएर जनतासमक्ष ल्याउन चहान्छौं ।’ यो संविधानसभाबाट संविधान लेखिएन भने अहिलेको पुस्ताले अझै ५० वर्ष संघर्ष गर्नुपर्ने जिकिर गर्दै भट्टराईले ०४७ सालको संविधान थोपर्ने प्रयास असफल बनाउन राजनीतिक क्रान्ति जरुरी रहेको उल्लेख गरे । ‘कांग्रेस एमालेको अपवित्र गठबन्धनले कात्तिक १७ गते गरेको ९ बुँदे सहमतिले ०४७ सालको संविधान फर्काउन खोजेको छ’, उनले भने, ‘बहुमतीय प्रक्रिया खारेज भएमात्र वार्तामा बस्न तयार छौं । जागिसकेका नेपाली जनतालाई अब धोका दिन सक्दैनौं ।’ पहिचानवादीले देशमा विखण्डन ल्याउन खोजेको कुरा गलत भएको भट्टराईको भनाइ थियो । ‘माओवादी र मधेसवादीले देश टुक्राउने भ्रम गलत हो’, भट्टराईले भने, ‘जनताको पहिचानसहितको संविधान ल्याउन यो आन्दोलनले सत्तारुढ दललाई बाध्य बनाउने छ ।’  

कोई टिप्पणी नहीं: