शनिवार, 28 फ़रवरी 2015

भ्रष्ट मन्त्रीलाई कारबाही गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रचण्ड

30-dal-sava-1१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले बलात्कारीलाई फाँसी दिनु पर्ने बताएका छन् । खुलामञ्चमा ३० दलले गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले बारामा भएको बालिका बलात्कार भएको प्रशंग कोट्याउँदै बलात्कार गरेर हत्या गर्नेहरुलाई फाँसी दिनु पर्ने बताए । उनले भने-‘त्यस्ता अपराधीलाई फाँसीमा लट्काएपछि मात्र त्यस्ता अपराध कम हुन्छ ।’
कोइरालाले भ्रष्ट मन्त्रीहरुलाई कारबाही गर्न वा राजीनामा दिन प्रधानमन्त्री सुशील कोइरालालाई माग गरे । प्रधानमन्त्री कोइराला आफैंले आफ्नो कार्यकालमा सबैभन्दा भ्रष्टाचार गरेको भन्दै उनले किन कारबाही गर्नु हुन्न भन्दै प्रश्न गरेका छन् ।

एमाले अब चाहिँदैन, कांग्रेसमा घुसे हुन्छ :

एमाओवादी अध्यक्ष प्रचण्डले अब मुलुकमा एमाले पार्टीको आवश्यकता नरहेको बताएका छन् । खुलामञ्चमा आयोजित ३० दलको सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमाले एकै पार्टी भएको बताए । उनले भने-‘ कांग्रेस र एमाले दुई पार्टी भन्ने भ्रम हटोस् भन्ने चाहन्छु । एउटै पार्टी हो । संविधानसभा अगाडिसम्म एमाले अर्कै पार्टी हो भन्ने थियो ।’ एमाले अब नचाहिने भन्दै कांग्रेसमा घुस्न सल्लाह दिए । उनले भने-हिजो चुनावमा भोग माग्दा बहुपहिचान हुन्छ भनेको थियो । अहिले पहिचान नै सुन्न नचाहेपछि एमाले किन चाहियो । ठग्ने र भ्रष्टाचार गर्ने हो भने कांग्रेसमा बसेर पाइन्छ।’  

कोई टिप्पणी नहीं: