रविवार, 1 मार्च 2015

मोबाईल चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

१७ फागुन, सिन्धुपाल्चोक । मोबाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर सिन्धुपाल्चोकमा एक महिलाको ज्यान गएको छ । मेलम्ची नगरपालिका वडा  नम्बर ८ गिरानचौरमा शनिबार बेलुकी करेण्ट लागेर स्थानीय ३१ वर्षकी मनुमाया दोङ तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।बेलुकी करेन्ट आएपछि मोवाईल चार्ज गर्नेक्रममा हाई भोल्टेजका कारण करेन्ट लीग भएरपछि उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । -कूल तामाङबाट 

कोई टिप्पणी नहीं: