रविवार, 1 मार्च 2015

बृद्धहरुलाई निशुल्क च्यावनप्रास बितरण ।

रुरु नेटवर्क रिडी, फाल्गुन१७। रिडीमा रहेका बृद्धहरुलाई निशुल्क रुपमा च्यावनप्रास बितरन तथा श्वासथ परिक्षण गरीएको छ्। मानब कल्याण बृद्धआश्रम तथा जडिबुटी प्रसोधन तथा प्रबर्धन केन्द्र गुल्मीको संयुक्त पहलमा गरीएको उक्त कार्यक्रममा उपस्थित ३० जना बृद्धहरुको   श्वास्थ्य परिक्षण गरी तिनीहरु लाई निशुल्क औषधी,जुस,बिस्कुट तथा च्यावनप्रास बितरन गरीएको थियो। 
जडिबुटी प्रसोधन तथा प्रबर्धन केन्द्रले गुल्मीमै बनाइएको च्यावनप्रास पहिलो पल्ट ब्रिद्धब्रिद्धाहरु लाई निशुल्क रुपमा बितरन गर्नका लागि रिडी आएको थियो। मानब कल्याण ब्रिद्धाश्रम गुल्मीले ब्रिद्धब्रिद्धाहरु लाई महिनाको एक पटक बिभिन्न पौस्टिक युक्त खाध्यान बितरन गर्ने गरेको छ्। कार्यक्रममा सहभागी हुन मानब कल्याण ब्रिद्धाश्रम गुल्मीका उपाध्यक्ष रुद्र बहादुर भुजेल, बिश्वो हिन्दू महासँघका केन्द्रिय सदस्य सुरेश चन्द्र भुशाल,जिल्ला आयुर्वेदिक स्वस्थ केन्द्रका डा. प्रवेश श्रीवास्तव तथा जडिबुटी प्रसोधन तथा प्रबर्धन केन्द्र गुल्मीकी सद्स्य सिता भुशाल लगायतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो।

कोई टिप्पणी नहीं: