रविवार, 1 मार्च 2015

इंग्ल्याण्ड विरुद्ध श्रीलंकाको शानदार जित!

Joe Rootफाल्गुन १७ - कुमार सांगाकारा र लाहिरु थिरिामानेको उत्कृष्ट साझेदारीको मदतमा विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डविरुद्ध शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डमाथि ९ विकेटको जित हात पारेको हो । इंग्ल्याण्डले प्रस्तुत गरेको ३१० रनको लक्ष्य श्रीलंकाले ४७.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि थिरिमाने र सांगाकाराले दोस्रो विकेटका लागि अविजित २१२ रनको साझेदारी गरे । लाहिरु थिरिमाने १३९ रनमा अविजित रहे भने सांगाकाराले अविजित ११७ रन बनाए । यसअघि विलिङटनमा टस जितेर व्याटिङ रोजेको इंग्ल्याण्डले जोए रुटको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो । रुटले १०८ बलमा १४ चौका र दुई छक्कासहित १२१ रन बनाए । इयान बेलले ४९ रनको योगदान दियो ।

कोई टिप्पणी नहीं: