मंगलवार, 31 मार्च 2015

मानव रहित विमानमार्फत इन्टरनेट उपलब्ध गराउँदै फेसबुक, बेलायतमा सफल परीक्षण


फेसबुक विश्वभर इन्टरनेटको सुविधा उपलब्ध गराउने योजनामा अघि बढेको छ । फेसबुकको पछिल्लो परीक्षण सफल भयो भने सौर्यउर्जाबाट चल्ने मानव रहित विमान अर्थात् ड्रोनको मद्दतले फेसबुकले विश्वका दुर्गम इलाकाहरुमा समेत इन्टरनेट उपलब्ध गराउनेछ ।
internetबेलायती समाचारपत्र दी गार्जियनका अनुसार फेसबुकका प्रमुख कार्यकारी तथा संस्थापक समेत रहेका मार्क जुकरबर्गले बेलायतमा यस्तो प्रकारको ड्रोनको परीक्षण गरिएको बताएका छन् । उक्त बिमानको पखेटाको लम्बाइ व्यवसायिक विमानको जत्रै रहेको छ ।
ग्रामीण तथा इन्टरनेटको पहुँच नभएको क्षेत्रहरुमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि यो मानव रहित विमानले लेजर बिमको माध्यमबाट पृथ्वीमा इन्टरनेट तरंग प्रसारित गर्नेछ । जुकरबर्गले आफ्नो ब्लग पोष्टमा भनेका छन्, ‘पूरै दुनियालाई इन्टरनेट सँग जोड्नका लागि हाम्रो अभियानको रुपमा हामीहरुले मानवरहित ड्रोन विमानको निर्माण गरेका छौँ । जसले आकाशबाट धर्तीमा इन्टरनेट तरंग पठाउनेछ ।’
बेलायतमा यो बिमानको सफल परीक्षण गरिएको बताउँदै उनले यो विमान पूरै विश्वमा इन्टरनेट सुविधा पूराउने काममा सहयोगी हुने दाबी गरेका छन् । इन्टरनेट सुविधाबाट बन्चित विश्वका १० प्रतिशत मानिसमा इन्टरनेट सुविधा पूराउने क्षमता यो विमानमा रहेको जुकरबर्गको दाबी छ ।
फेसबुकको उक्त ड्रोनको पखेटाको लम्बाइ २९ मिटर रहेको छ जुन बोइङ ७३७ को भन्दा पनि बढि हो । तर यसको वजन भने कारको भन्दा पनि कम छ । स्मरण रहोस् इन्टरनेट जाएन्ट गुगलले पनि ड्रोन तथा बेलुनको माध्यमबाट विश्वमा इन्टरनेट सुविधा उपलब्ध गराउने विषयमा काम गरिरहेको छ ।

कोई टिप्पणी नहीं: