रविवार, 1 मार्च 2015

प्रधानमन्त्रीले भने,‘वार्ताको वातावरण बनाउन तयार छु’ !

PM Delivers Remarksकाठमाडौं,फागुन १७ – प्रधानमन्त्री सुशील कोइरालाले सहमतिबाटै समाधान खोज्न तयार रहेको बताएका छन् । एमाओवादीसहितको विपक्षी मोर्चाले शक्ति प्रदर्शन र सभामार्फत सहमतिको ढोका खोल्न आग्रह गरेकै दिन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कोइरालाले भने,‘संवाद र छलफलबाट नै सबै समस्याको निदान म तयार छु । यसैबाट समाधान निस्कन्छ ।’नेपालगन्जको अन्तराज समूहले गरेको वीपीका ऐतिहासिक फोटो प्रदर्शनी यात्राको उद्घाटन गर्दै प्रधानमन्त्रीले अनौपचारिक तहमा वार्ता भएको पनि बताए । यसैबीच,विपक्षी मोर्चाले संविधानका मुख्य विवादित विषयमा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा राजनीतिक सहमति समितिमार्फत नै समझदारी गर्नुपर्ने भनी राखेको मागप्रति सत्तापक्षले तयार रहेको बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।  

कोई टिप्पणी नहीं: