बुधवार, 1 अप्रैल 2015

स्वदेशका सूचना बेच्दै वामदेव !

काठमाडौं,चैत १८ – सरकारले नेपालको भिसा प्रोसेसिङ र अध्यागमन व्यवस्थापन प्रणालीको सम्पूर्ण काम १५ वर्षका लागि विदेशी कम्पनीलाई ठेक्का दिन लागेको कुरा सार्वजनिक भएको छ । यसबाट गृहमन्त्री वामदेव गौतम कमिसनको मोहमा कतिसम्म गर्न सक्छन् भन्ने देखिएको छ । प्रस्तावअनुसार,सम्झौताको मितिदेखि १५ वर्षसम्म नेपालको भिसा दिने सम्पूर्ण काम विदेशी कम्पनीले गर्नेछ ।
bamdevरहस्यको कुरा के छ भने त्यति महत्वपूर्ण विषयमा अहिलेसम्म बाहिर कुनै चर्चासम्म गरिएको थिएन । एकैचोटि मन्त्रिपरिषद्को सचिवालयमा पेस भएपछि मात्र यो कुरा सार्वजनिक हुनुले भित्रभित्रै कति खतरनाक योजना बनाइएको रहेछ भन्ने देखिएको छ । कुनै देशभित्र कुन चाहिँ विदेशीलाई प्रवेशाज्ञा दिने ,कसलाई नदिने ,कसलाई तुरुन्तै दिने ,कसलाई ढिलोगरी दिने,कस्तो प्रकृतिको मानिस के उद्देश्यले नेपाल आउँदैछ र कति समय आफ्नो देशमा बिताउँदैछ भन्ने यावत कुराको निर्णय गर्ने र त्यससम्बन्धी सम्पूर्ण सूचनाको अभिलेख राख्ने सार्वभौम अधिकार सम्बन्धित देशको सरकारमा हुन्छ । कुनै पनि नाममा यो अधिकार बाहिरिया कसैलाई पनि दिनुहुँदैन । हाम्रा कर्मचारीहरु असक्षम भएकाले यसो गर्नु परेको हो भने नेपालका सरकारी कर्मचारीहरुमा अपेक्षित सीप र दक्षता छैन भनेर जस्ता काम पनि विदेशीलाई दिँदै जाने कि क्षमता विकासमा लगानी गर्ने ? नेपालमा त को मात्रै सक्षम देखिए र ?स्वभाविक प्रश्न उठ्छ – त्यसो हो भने संविधान बनाउन पनि कुनै विदेशी कम्पनीलाई दिए भयो नि त ? आजको बुधबारमा खबर छ ।  

कोई टिप्पणी नहीं: