सोमवार, 20 अप्रैल 2015

ओलीको सेटिङमा शंकर पोखरेललाई अमेरिकामा एक महिना मस्ती

11149497_452419484913940_525574989104250308_nफेसबुकमा लेखे ‘उपचारका लागि गएको’
काठमाण्डु, ७ वैशाख– नेकपा एमालेका नेता शंकर पोखरेलले अमेरिका भ्रमणको चाँजो अध्यक्ष केपी ओली र महासचिव इश्वर पोखरेलले मिलाइदिएको बताएका छन् । एक महिने अमेरिका भ्रमण सकेर नेपाल फर्केपछि उनले आफ्नो फेसबुकमा भ्रमणको फेहरिस्त लेखेका छन् । अमेरिका पुगेर उपचार गराएर फर्केको विषयलाई पोखरेलले सगौरव वर्णन गरेका छन् ।
 जाजरकोटमा चार रुपैयाको सिटामोल नभेटेर जनता मृत्युको मुखमा पुगिरहेको बेलामा पोखरेलको स्टाटस आएको हो । उनले एक महिने अमेरिका बसाईमा १४ वटा औपचारिक कार्यक्रम भ्याए । अमेरिकाका १० वटा राज्यमा घुमे । एक महिनामा यति धेरै सक्रिय हुनुले उनी अमेरिका उपचारको लागि भन्दा पनि रमाइलो गर्न त्यता गएका रहेछन् भन्ने स्पष्ट हुन्छ ।उनले आफनो फेसबुक स्टाटसमा लेखेका छन्,
अमेरिका भ्रमण र उपचारका लागि प्रेरित गर्नुहुने पार्टी अध्यक्ष कमरेड केपीशर्मा ओली, महासचिव इश्वर पोखरेल तथा पार्टीका अगुवा कमरेडहरु, भ्रमण र उपचारका लागि आवश्यक खÞर्च जुटाउन व्यक्तिगत र संस्थागत सहयोग गर्नुहुने सम्पूर्ण सहृदयी मित्रहरु विशेष गरि प्रवासी नेपाली मंच अमेरिकाले गरेको सहयोगका लागि हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।’

s pokhrel नेता पोखरेलका अमेरिकामा दुई छोरी, दुई ज्वाई, दिदी भिनाजु लगायत परिवारका धेरै व्यक्ति बसोबास गर्दारहेछन् । तर उनले आफ्नो उपचारका लागि केही व्यक्ति र संस्थाबाट पैशा लिएका रहेछन् । त्यो कुरा उनी आफैले फेसबुकमा लेखेका छन् ।
 आम नागरिकले बिरामी हुँदा घर खेत बेचेर उपचार गर्नु पर्छ । तर नेता पोखरेलका शाखा सन्तान अमेरिकामा हुँदा पनि उनी त अरुसँग पैसा मागेर उपचार गर्न अमेरिका पुगेका रहेछन् । उनले आफ्नो स्टाटसमा के रोगको उपचार गरेको हो त्यो खुलाएका छैनन् । उनको स्टाटस हेर्दा नियमित परिक्षणका लागि अमेरिका पुगेजस्तो देखिन्छ । उपचारको नाममा अमेरिकामा मस्ती गर्नु मुख्य उद्देश्य जस्तो देखिन्छ । नेता पोखे्रल पुर्वमन्त्री पनि हुन् । उनी वैशाख ३ गते नेपाल आइपुगेका हुन् । 

कोई टिप्पणी नहीं: