मंगलवार, 21 अप्रैल 2015

उर्जा सचिवको घरमा विप्लव माओवादीको कालो झण्डा

क्षेत्रीमाथि विप्लवको ९ गम्भिर आरोप 
काठमाडौं, वैशाख ८ – जलविद्युत सम्बन्धि सम्झौता गर्दा राष्ट्रघाती काम गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले काठमाडौंको कलंकीस्थित उर्जा मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीको घरमा कालो झण्डा गाडेका छन् । करिब दर्जनौंको संख्यामा रहेका माओवादी कार्यकर्ताहरुले मंगलबार उर्जा सचिवको घरमा कालो झण्डा गाड्नुका साथै पर्चा बाँडेका हुन् ।
urja-sachib-kalo-jhand-(5)छापामार शैलीमा सचिवका घरमा पुगेका माओवादी कार्यकर्ताहरुले छोटो समयमा आफ्नो कार्यक्रम सकेर फर्केका थिए । घटनाको केही मिनेटमा प्रहरी आइपुग्दा विप्लवका कार्यकर्ताहरु त्यहाँबाट हिँडिसकेका थिए । क्षेत्रीको घर अगाडि उनीहरुले ‘भारतीय दलाल मूर्दावाद’ भन्दै नारावाजी समेत गरेका थिए ।
क्षेत्रीको घरमा कालोझण्डा किन गाडिएको हो भन्ने बारेमा उनीहरुले पर्चा समेत छापेर छरेका छन् । क्षेत्रीमाथि गम्भिर राष्ट्रघात गरेको भन्दै ९ गम्भिर आरोप लगाएका छन् । उनीहरुले आजको कारवाही सांकेतिक मात्र रहेको उल्लेख गर्दै नेपाली पूँजी, प्रविधि र स्थानीय सहभागितामा जलविद्युत आयोजना निर्माण गर्न र विदेशीसँग गरिएका माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी जस्ता आयोजना खारेज नगरेसम्म प्रतिरोध बढाउँदै लगिने चेतावनी समेत दिइएको छ ।

urja-sachib-kalo-jhand-(4)यस्ता छन् विप्लव माओवादीको क्षेत्रीमाथि ९ आरोपः



  • माथिल्लो कर्णालीको उर्जा विकास सम्झौता पिडिए गर्न मुख्य भूमिका खेलेको
  • स्वदेशी लगानी र आन्तरिक खपत गर्ने आयोजना डलरमा उर्जा खरिद सम्झौता पिपिए गर्न लबिङ गरेको
  • आन्तरिक र वाह्य लगानीका सबै आयोजनामा समेत डलरमा पिपिए गर्ने नीतिगत तयारी तीव्र बनाएको
  • चिलिमे र माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कमिसनका लागि अनावश्यक हस्तक्षेप गरेको
  • चिलिमे समूह र तामाकोशीले निर्माण अनुमती लिएका आयोजनाहरुको दर्ता आवोदन विनाकारण खारेज गरी स्वदेशी पूँजी, प्रविधि र आमजनसहभागितालाई निरुतसहित गरेको
  • दर्ता खारेज गरिउका आयोजनाहरु विदेशी तथा जलमाफियाहरुलाई सुम्पेर कमिशन खाने षड्यन्त्र गरिरहेको तथा नदीमाथिको नेपालको तल्लो र माथिल्लो तटिय अधिार भारतलाई सुम्पने षड्यन्त्र गरेको
  • विदेशीलाई सम्पूर्ण जलअधिकार सुम्पेर नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार ध्वस्त पारेको
  • माथिल्लो जलश्रोतमा अन्तिम राष्ट्रघात मानिने कर्णाली आयोजनाको छाता पिडिए गर्न दिल्ली गएको नेपाली सरकारी टोलीको नेतृत्व गरेको
  • राष्ट्रघाती महाकाली सन्धीदेखि नै जलमाफियाका रुपमा सक्रिय रही विभिन्न सरकारी टोलीमा रहेको र जलमाफिा र दिल्लीको योजनमा उर्जा सचिव बनाइएको

कोई टिप्पणी नहीं: