मंगलवार, 21 अप्रैल 2015

जाजरकोटमा २४ घन्टाभित्र चिकित्सक पठाउन सरकारलाई सर्वोच्चको आदेश

supreme-court-of-Nepal-Final1८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले महामारी फैलिएको जाजरकोटमा २४ घन्टाभित्र उच्चस्तरीय चिकित्सक टोली पठाउन सरकारलाई आदेश दिएको छ । साथै औषधीसहितका उचित स्रोत साधनको व्यवस्था गर्न भनेको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलासले मृतकको परिवारलाई दाहसंस्कार र उचित क्षतिपूर्ति दिन आदेश दिएको छ । अनुगमन गरेर प्रतिवेदन दिन भनिएको छ । फ्लूको महामारी फैलिएको जाजरकोटमा २६ जनाको मृत्यु भएको छ । 

कोई टिप्पणी नहीं: