मंगलवार, 21 अप्रैल 2015

दुबईमा आदिवासी जनजाति महोत्सव हुने

दुबई बैशाख ८। नेपाल आदिवासी जनजाति महासंघ युएईको आयोजनामा आगामी मे १ तारिक २०१५ का दिन “आदिवासी जनजाति महोत्सव युएई २०१५” कार्यक्रम हुने भएको छ । विभिन्न देशका नागरिकहरुलाई पनि लक्षित गरि हुन लागेको उक्त महोत्सव युएईको बरदुबई सहरको प्रख्यात पार्क जबिल पार्कको खुल्ला मैदानमा हुन लागेको हो l
janajati mahasanghबिहान ११ बजे देखि शुरु हुने भनिएको उक्त महोत्सव विदेशी भुमिमा पनि नेपाली संस्कार, संस्कृति र परम्पराको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने साथै नेपालको पर्यटन विकाशलाई पनि प्रवर्धन गर्ने र टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डेर राज गुरुङले बताउनु भएको छ ।
उक्त कार्यक्रममा महासंघमा आवद्ध १० जातिय संस्थाहरुको आ-आफ्नो स्टल हुने र सोहि स्टलमा आफ्नो समुदायको पहिचान झल्काउने सामग्रीहरु प्रदर्शन गरिने, आफ्नो समुदायको विशेष परिकारहरु पस्कने र आफ्नो स्टलको अघाडी लगातार रुपमा परम्परागत संस्कृतिक नाचगान र झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ भने महासंघको समन्वयमा विसुद्ध नेपाली खेलहरु, छेलो हान्ने, डन्डी बियो खेल्ने, डोरी तान्ने, गट्टा खेल्ने, टपरी बुन्ने, सियो धाको छिराउने, माला उन्ने जस्ता खेलहरु पनि आयोजना गरिनेछ ।
नेपाली समाजमा चाडपर्वको बेला एक घरले अर्को घरमा मिठो मिठो परिकारहरु पुर्याउने चलन भए जस्तै सो कार्यक्रममा पनि एक स्टलबाट अर्को समुदायको स्टलमा आ-आफ्नो परिकारहरु पुर्याई दिएर गाउँ घरको झल्को दिने प्रयास गरिने छ । कार्यक्रमको आकर्षण बढाउन र सके सम्म विदेशीहरुको ध्यानाकर्षण गर्न सबै संस्थाहरुको सहभागीहरुले अनिवार्य रुपमा आ-आफ्नो जातीय पहिरन लगाएर आउनु पर्ने महासंघले निर्देशन दिएको कुरा पनि अध्यक्ष गुरुङले बताउनु भएको छ ।

उक्त कार्यक्रमको उद्येश्य अनुरुप आसपासमा देखिने विदेशी पाउनाहरुलाई बोलाएर नाचगान, झाँकीमा सामेल हुन र हाम्रा परम्परागत परिकारहरु चाख्न अनुरोध गरिने छ ।
गत साल बाट शुरु गरिएको उक्त महोत्सव प्रत्यक वर्ष आयोजना गरिने र देश विदेशमा रहेका अन्य आदिवासी जनजाती महासंघका प्रवास संगठनहरु लाई पनि यस्ता कार्यक्रमको आयोजना गर्न नेपाल आदिवासी जनजाति महासंघ युएईले आव्हान गरेको छ ।

कोई टिप्पणी नहीं: