मंगलवार, 21 अप्रैल 2015

संविधान बनाउन दलहरुबीच सहमति

BICC-Buldingकाठमाडौं,वैशाख ८ – प्रमुख दलहरुबीच फेरि कुनै विवाद उत्पन्न नभए १० वैशाखदेखि संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया थाल्नेछ । सोमबार बसेको ठूला दलहरुको बैठकमा संविधानका सबै अन्र्तवस्तुमा सहमति नजुटे पनि मस्यौदा निर्माणको काम अगाडि बढाउने सैद्धान्तिक सहमति भएको छ । सहमतिअनुसार आगामी १० वैशाखमा बस्ने संविधानसभा बैठकले सहमति भएका र नभएका विषयहरु समेटेर मस्यौदा समितिलाई मस्यौदा बनाउने जिम्मा दिनेछ । बैठकअघि नै सकभर सबै विवादित विषयमा सहमति जुटाउने र सहमति नभएका विषयमा साझा धारणा बनाएर मस्यौदाका लागि वातावरण बनाउने सहमति दलहरुबीच भएको छ । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको मस्यौदा तयार पार्ने आधार बनाउने विषयमा प्रमुख दलहरुबीच सैद्धान्तिक र नीतिगत सहमति सहमति भएको बताए । ‘संविधानको मस्यौदा तयार पार्ने आधार बनाउने विषयमा दलहरुबीच सैद्धान्तिक र नीतिगत सहमति बनेको छ,’ श्रेष्ठले भने,‘यसका लागि ३ दिन (१० वैशाख) भित्र सकेसम्म संविधानका सबै अन्तरवस्तुमा सहमति खोज्ने प्रयास गर्ने,त्यसो नभए पनि सहमति भएका विषयमा टुंग्याएर प्रारम्भिक सहमति गर्ने र सहमति हुन नसकेका विषयमा कसरी अगाडि बढ्ने भन्नेमा एकरुपता बनाएर मस्यौदा समितिमा पठाउने सहमति भएको छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

कोई टिप्पणी नहीं: