बुधवार, 1 अप्रैल 2015

नेपाल र अष्ट्रेलियाको क्रिकेट हेर्न १६३ रुपैयाँको टिकट !

१८ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले फिलिप हृयूजको सम्झनामा हुन लोगेको नेपाल र अष्ट्रेलिया बीचको खेल हेर्न टिकटको व्यवस्था गरेको छ । नेपाल र अष्ट्रेलियाली टीमबीच चैत २८ गते शनिबार कीर्तिपुरमा मैदानमा ६३ ओभरको खेल हुनेछ । खेलका लागि १६३ रुपैयाँको टिकट व्यवस्था गरिएको छ । सोही दिन अष्ट्रेलिया क्रिकेटका अध्यक्षले सर्वोच्च शिखर सगरमाथा लैजान हृयूजको जर्सी तथा ब्याट हस्तान्तरण गर्ने कार्यक्रम छ । 
Can-Logoहृयूजको जर्सी तथा ब्याट सगरमाथाको चुचुरोमा पु-याउन जाने आरोहण टिमलाई आवश्यक पर्ने खर्च जुटाउन टिकटको व्यवस्था गरिएको क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टिकट इसेवा वा संघको कार्यालय मूलपानी र कीर्तिपुर मैदानस्थित कार्यालयमा चैत्र १८ गतेदेखि २५ गतेसम्म लिन सकिनेछ । यसैबीच नेपाल क्रिकेट संघ र नेपाल टेलिभिजनबीच तीन वर्षे सम्झौता भएको छ । क्यान र एनटीभीले २०६२ सालदेखि गर्दै आएको सहकार्य मंगलबारबाट लागू हुने गरी नविकरण गरिएको क्यानले जनाएको छ । सम्झौता अनुसार अब नेपाल टेलिभिजनले क्यानले आयोजना गर्ने खेलहरुको प्रत्यक्ष प्रशारण गर्नेछ । 

कोई टिप्पणी नहीं: