शुक्रवार, 22 मई 2015

मलेसियामा २ करोड ६६ लाख सहयाेग उठ्यो !

क्वालालम्पुर , जेष्ठ ८ - भूकम्प पीडितका लागि मलेसियामा २ करोड ६६ लाख रुपैंया संकलन भएको छ । नेपाली दुतावासका अनुसार मलेसियाको मे बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्दार कोष (खाता नं. ५१४०१२०५७६३१) मा शुक्रबारसम्ममा उक्त रकम (७ लाख २५ हजार रिंगिट) जम्मा भएको हो ।
‘आजसम्मको जानकारीअनुसार ७ लाख २५ हजार रिंगिट जम्मा भएको छ । त्योमध्ये मलेसियाको कम्यूनिटी ब्विलडर्स फाउण्डेसन नामक एक गैरसरकारी संस्थाले १ लाख रिंगिट सहयोग गरेको हो,’ दुतावास स्रोतले शुक्रबार भन्या,े ‘अझै घोषणा भइसकेका धेरै डोनरहरुबाट खातामा रकम आउन बाँकि छ ।’
मलेसियाको दूरसंचार ट्यून टकले नेपाली दुतावाससितको समन्वयमा एसएमएसबाटै आर्थिक सहयोग संकलन अभियान चलाइरहेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप तथा राहत कोषमा जम्मा हुनेछ । उक्त कम्पनी स्रोतका अनुसार केही दिनमा संकलित रकमको सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ ।
दुतावासले सरकारी माध्यममार्फत रकम कोषमा जम्मा गर्न अनुरोध गर्दै आएको छ । तर कतिपय दाताले आफ्नै संस्थामार्फत नेपाल लगेर राहत वितरण गर्ने जनाएका छन् । 

कोई टिप्पणी नहीं: