गुरुवार, 21 मई 2015

घले दाजुभाइले आफ्नै खर्चमा बनाइदिए पक्की पुल !

इलाम, जेठ ७–पूर्वी इलामको श्रीअन्तु गाविसका एक समाजसेवी परिवारले स्व आमाबुबाको सम्झनामा पक्की पुल निर्माण गरिदिएका छन् । श्रीअन्तु–४ तपसका घले दाजुभाइले बुबा नारायणबहादुर घले र आमा चन्द्रमायाको स्मृतिमा ७० लाखको लागतमा श्रीअन्तु र सुर्योदय नगरपालिका–५ बीचमा पर्ने सिद्धिखोलामा पुल निर्माण गरेका हुन् । त्रिपन्न फिट लम्बाइ र ९.५ फिट चौडाइको पक्की पुल निर्माण गरिएको सुवास घलेले जानकारी दिए । पुलको इलामका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बुधबार एक समारोहबीच उद्घाटन गर्दै समाज सेवामा घले दाजुभाइले देखाएको योगदानको चर्चा गरे । गत मङ्सिर ७ गतेदेखि निर्माण सुरु गरिएको पुल चैत १८ गते सम्पन्न भएको थियो । पुल निर्माणपछि समालबुङ, श्रीअन्तुलगायतका गाविसका बासिन्दालाई व्यापारिक केन्द्र फिक्कल, जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज भएको छ ।  

कोई टिप्पणी नहीं: