शुक्रवार, 22 मई 2015

देश निर्माणको जिम्मा सक्षम पुस्तालाई देऊ !

सरोज गौतम, जेष्ठ ८ -  भर्खरै देशले एउटा ठूलो महाविपत्ति झेलिरहेको छ, यस विपत्तिले धेरै मानवीय, पारिवारिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा क्षति पुर्याएको छ । यसले पार्ने मनोवैज्ञानिक असरको त कुरै छाडौं, त्यसको लेखाजोखा नै कहालीलाग्दो छ ।

photo to sendयसले धेरै राम्रा कुराहरु भत्कायो, धेरै बहुमूल्य जीवन तहसनहस बनायो, पुर्खाका बहुमूल्य नासोको नमिठो अन्त्य गरायो, सांस्कृतिक धरोहरादेखि मानवबस्ती आदि सबै भत्काएको छ, नसके चर्काएको छ, वा कमजोर बनाएको छ । सर्सती भन्दा यसले निकै ठूलो निराशा थपेको छ । कहाली लाग्दो तरिकाले आर्थिक संरचना ध्वस्त पारेको छ । भूकम्पले यी राम्रा कुरा त भत्काएकै छ । तर, केही हाम्रा नराम्रा अवयवहरु भत्काएको छ कि छैन, त्यो गर्वमै छ । अझ यसो भनौं छिटै त्यसको रहस्य खुल्नेछ हाम्रा अहम्हरु, हाम्रा अनावश्यक टकरावहरु, कुनै नतिजा नदिने हाम्रा साँढे जुधाइका चरित्रहरु, जो भत्किन जरुरी थियो, त्यो भत्कायो कि भत्काएन ? त्यो हेर्न केही समय कुर्नुछ । बिनासको कहाली लाग्दो यो परिस्थितिका बीच हाम्रो अगाडि उत्साह साथ अगाडि बढ्ने आँट साहसको सायदै विकल्प छैन । जीवनहरु जहाँनेर धरासायी बनेका छन्, फेरि त्यही विन्दुबाट उत्साहपूर्ण नवनिर्माणको बाटो सुरु गर्नुको विकल्प छैन । हो हामी गलेका छौ, हारेका छैनांै । फेरि उत्साहपूर्ण तरीकाले नवनिर्माण गर्नलाई पनि हामीले हाम्रा दिमागहरुलाई केही भत्काउनैपर्छ या यसो भनौं नयाँ तरीकाले बनाउनैपर्छ ।

१. पुरानो नीतिको सट्टा नयाँ नीति:
यो विनाशकारी भूकम्पको सामना गर्नको निम्ति कम्तिमा यसको निर्णायक नेतृत्व तहमा रहेका व्यक्तिहरुले यस्तो खालको समस्या भोगेका र त्यस पश्चात सकरात्मक नतिजा निकालेका मुलूक र यही देशमा रही बिनास पछिको विकासको राम्रो नीतिगत ज्ञान र दख्खल राख्ने विज्ञहरुको छलफल गराएर कम्तिमा यो विपतलाई विकासमा बदल्ने प्रविधि अनुकूल नीतिको निर्माण गर्नुपर्छ, कम्तिमा त्यो नीति नेताहरुको अनेक स्वार्थको छत्रछायाभन्दा बाहिरबाट बनेको हुनुपर्छ र यो नीतिको एउटै राष्ट्रिय स्वार्थ नेपाललाई नयाँ ढँगबाट निर्माण गर्नुपर्ने हुन्छ । र, यही नीतिमा रहेर एउटा अधिकारसम्पन्न निकाय निर्माण गर्नुपछ ।
२. संरचनाको संगठन र नेतृत्वमा प्राविधिकहरु : 
उक्त नीतिमा रहेर निर्माण गर्ने अधिकार सम्पन्न निकायको सांगठानिक संरचना कम्तिमा यो बिनासले क्षति पु¥याएको ठाउँमा स्थानीय स्तरसम्मको संरचना रहनुपर्दछ । साथै यो बेला यस्ता संरचनामा आवश्यक पर्ने धेरै विषय विज्ञहरु तथा सम्वन्धित विषयका इन्जिनियरहरुलाई स्थानिय तहसम्मको संरचनामा खटाउनुपर्छ र यो संरचनाका निम्ति संरचना हैन, विकास र उन्नतिका निम्ति संरचना हुनुपर्दछ ।
 ३. राजनीतिक दलबाट राष्ट्रिय संकल्पको आव्हान :
जुनसुकै समाजमा भिन्नभिन्न विचारहरु उद्धेश्यहरु या टकरावहरु हुन सक्दछन्, त्यो स्वभाविक हुन्छ । तर, जब बिपत्ति या महाबिपत्तिले समाज तहसनहस हुन जान्छ, त्यसबेला पनि उही राजनीतिक टकराव सम्झेर दायाँबायाँ गर्ने मान्छे त्यो मान्छे रहँदैन वा त्यस्तो समुह समूह रहदैनन् । कम्तिमा समाजको तहसनहसलाई मत्थर पार्दै समाज र राष्ट्रको क्षतिलाई पुर्ती गरिसकेपछि हामी काफी बहस गर्न पाउछौं । तर, यस समयमा हाम्रा राजनीतिक, वैचारिक, गुटगत, व्यक्तिगत महत्वकांक्षा र टकरावलाई थाँती राख्दै होस्टेमा हैसे गर्दै समूहगत स्वार्थभन्दा माथि उठेर विकासको राष्ट्रिय संकल्पमा सबै एकजुट हुनुपर्छ ।
 ४. आर्थिक स्रोतको केन्द्रीकरण र परिचालन :
महाविपत्ति यो घडीमा कम्तिमा वैदेशिक सहयोगका साथसाथै सस्तो व्याजमा ऋण लिने र त्यसलाई परिचालन गर्नुपर्दछ । हामी विदेशीको मात्र भर परेर हँुदैन । यो समयमा कम्तिमा आन्तरिक हिसाबले ऋण र विभिन्न निजी क्षेत्रलाई अनिवार्य सहयोगको निम्ति आव्हान गर्नुपर्दछ, कम्तिमा अति नाफा र नाफा धेरै कमाउने ठूला ठूला होटल, क्यासिनो, उद्योग, कलकारखाना, मेडिकल कलेज, चाउचाउ फयाक्ट्री आदि सबैलाई तिनको नाफाको निश्चित प्रतिशत महंगी नबढाउने सर्तमा लिनुपर्छ र यो आर्थिक परिचालन सँगसँगै यसलाई पारदर्शिताको पनि अत्यन्तै ख्याल गरिनुपर्छ ।
५ राष्ट्रिय स्वयंसेवक अभियानको आव्हान : 
यो राष्ट्रिय बिपत्तिको समयमा सरकारले तलव खुवाएर अहिलेसम्म राखेका मान्छे अपुग हुनु कुनै गल्ती हैन यो स्वाभाविक हो, किनकि बिपत्ति या महाबिपत्ति कहिल्यै पनि ढोल बजाएर आउदैन । बरु, यो ढ्याङ्ग्रो बजाउदै जान्छ । तसर्थ यो अभियानमा स्वेच्छिक रुपमा यो महाबिपत्तिले अप्ठ्यारोमा नपरेका युवाहरुलाई कम्तिमा निश्चित समयसम्म अल्पकालिन स्वयंसेवा अभियानमा खटाउनुपर्छ, जसमा सरकारले धेरै केही गर्नुपदैन । त्यस्ता युवालाई खाने बस्ने व्यवस्था र सामान्य पकेट खर्च साथमा अन्तिममा त्यो अभियान समाप्त भइसकेपछि राष्ट्रको भोलेन्टियर अभियानमा सामेल भएवापत धन्यवादस्वरुप एउटा ओजस्वी प्रमाणपत्र उपलव्ध गराओस्, जसलाई हेरेर मान्छेले पछिसम्म पनि गर्व गर्न सकोस् ।
 ६. सुझबुझपूर्ण प्राविधिक परिचालन र नयाँ बस्ती सुरुवात :
महाबिनासकारी भूकम्पले गाउँ नै सखाप बनाएको छ । विकासका पुर्वाधारहरु नै ध्वस्त र नष्ट बनाइदिएको छ । कम्तिमा त्यस्ता ठाउँमा सुझबुझपूर्ण प्राविधिक परिचालन गरेर वैज्ञानिक दृष्टिले भौगोलिक बनावट तुलनात्मक रुपमा बलियो भएका जमिनमा सार्नुपर्दछ । साथै त्यस्ता नयाँ बस्तीमा व्यवस्थित नयाँ मोडलको ‘माइक्रो टाउन’ को अवधारणामा विकास गराउनुपर्छ । जहाँ पछिसम्म पनि व्यवस्थित विकास गर्न सकियोस् । ७. नेतृत्वमा सक्षम र नयाँ पुस्ता : 
एउटा सिंहले नेतृत्व गरेको ५० भेडाहरुको बथान एउटा भेडाले नेतृत्व गरेको ५० सिंहहरुको बथान भन्दा शक्तिशाली हुन्छ, यो उखान आफैमा भरिपूर्ण होला या नहोला व्याख्या गर्नलाई तर संकेत गर्नलाई यो उखान आफैमा काफी छ, नेतृत्वको महत्वको बारेमा । यहाँको संसर्ग राजनीति सदैव प्रतिपक्षीय र निर्माण नगर्ने र केवल विरोध मात्र गर्ने सँस्कारबाट उठेको देखिन्छ, अहिले नेतृत्वमा रहेका अधिकाँश सरकार या प्रतिपक्ष सवै पार्टीहरु निर्माण मनोविज्ञानबाट नेता नभएका साथै राजनीति गर्ने मान्छे कुनै पनि क्षेत्रमा विज्ञता हासिल नगरेको र त्यस्तो मान्छेको समूह सत्तामा नपुगुञ्जेल सत्ता संघर्ष गरिरहने र सत्तामा पुगेपछि केही पनि गर्न नसक्ने जस्तो देखिएको छ । यो समय हामी २ वटा विकल्पका अगाडि उभिएका छौं, हामी हाइटी वन्दैछौ या गुजरात बन्दैछौं, उत्साहपूर्ण नवनिर्माणमा प्रविधि सुहाउदो नीति, दुरर्दशी नेतृत्वको पंक्ति गिद्दे स्वार्थभन्दा माथि उठेको कर्मचारीतन्त्र, प्रचारप्रसारभन्दा धेरै काम गर्न रुचाउने विभिन्न राजनीतिक संघ÷संगठन तथा सामाजिक संघ÷संगठनका कार्यकर्ताहरु रमिते नबन्ने स्थानीयहरुको उत्साहपूर्ण सहभागिता र प्रयत्नमा मात्र सम्भव छ । त्यसको निम्ति कम्तिमा सक्षम तथा उत्साही पुस्ताको पंक्तिले नेतृत्व गर्न जरुरी देखिन्छ ।
  लेखक गौतम इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन् ।  

कोई टिप्पणी नहीं: