शुक्रवार, 22 मई 2015

भूकम्प पीडितको राहत र उद्दारमा साढे ५ अर्ब सकियो !

८ जेठ, काठमाडौं । सरकारले भूकम्प पीडितको राहत तथा उद्दार कार्यमा हासम्म साढे पाँच अर्ब रुपैयाँ खर्च गरिसकेको छ । त्यस बाहेक अस्थायी आवास बनाउन प्रतिपरिवार १५ हजारका दरले उपलव्ध गराउन थप साढे २ अर्ब रुपैयाँ जिल्लाहरुमा गइसकेको छ । सरकारले हालसम्म सात लाख ३५ हजार २ सय ९ थान त्रिपाल वितरण गरिसकेको गृहमन्त्रालयका सहसचिव रामेश्वर दंगालले बताए । गैरसरकारी संघ संस्था, व्यक्ति र समुदायले आ आफ्नै ढंगले वितरण गरेका त्रिपालको संख्या यसमा समावेश छैन ।
सरकारले बाँडेका त्रिपालहरु रेडक्रस, स्थानीय निकाय, शहरी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगबाट प्राप्त भएका हुन् । तर पनि बजारमा त्रिपालको हाहाकार नै छ । चामलदेखि चिनीसम्म गृहमन्त्रालयका अनुसार हालसम्म करीव डेढ लाख क्वीन्टल चामल र एक हजार क्वीन्टल चिनी भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । चाउचाउ, बिस्कुट लगायत सुख्खा खाद्यान पनि ठूलो परिणाममा पठाइएको छ । त्यस्तै सरकारको तर्फबाट भूकम्प पीडितलाई विहीबार साँझसम्म करीव डेढ लाख थान कम्बल र करीव १४ हजार थान म्याट्रेस वितरण गरिएको दंगालले बताए । अब सरकारले खाद्यान्न र त्रिपाल बाँड्न छाड्ने र अस्थायी आवास तथा विउबिजन उपलव्ध गराउने योजना रहेको गृहमन्त्रालयले जनाएको छ । 

कोई टिप्पणी नहीं: