शुक्रवार, 22 मई 2015

म्याग्दीमा पहिरोले पाँच घर भत्किए !

म्याग्दी, जेष्ठ ८ - शुक्रबार बिहान ४ बजे झरेको पहिरोले म्याग्दीको भगतवती गाविस, २ बैंसरीका पाँच घर भत्काएको छ । पहिरोले लालबहादुर खोरजा, राजन केसी, सोमबहादुर गुरुङ र प्रेमबहादुर पुनको घर भत्किएको हो । पुनकै अर्को घरको भने छाना भत्किएको छ । पहिरोबाट बैसरी वारिपारीका गरी २५ घर उच्च जोखिममा छन् । जोखिममा रहेका मध्ये १५ परिवार विस्थापित भएका छन् ।
Landslide-myagdiराम्चे गाविस, ९ महभीरको डिल भत्केर करिब एक किलोमिटर तल झर्दा कालीगण्डकी पारीपट्टीको वस्तीमा क्षति पुर्‍याएको हो । पहिरोको अधिकांश माटो कालीगण्डकी नदीमा खसेको थियो । पहिरो बढेको खण्डकमा कालीगण्डकी नदी थुनिने खतरा बढेको छ ।
‘हामी घरमै थियौं । राति ठूलो आवाजसहित पहिरो झरेपछि काखे नानी च्यापेर बाहिर भागें तर धुलोको मुस्लोले छोप्यो । आँखा देखिएन, नाकमुखमा धुलो पसेपछि सास रोकियो, बाटोमा घोप्टो पर्‍यौ,ं’ स्थानिय विनिता केसीले भनिन्, ‘पहिरोमा पुरियौं भन्ने थियो । बिहान हेर्दा थोरै भागमात्र यतापट्टी आएको रहेछ ।’
स–साना पहिरो झर्न नरोकिएकोले स्थानीय त्रसित छन् । बिहीबार दिउँसोदेखि नै ढुंगाहरु झर्न थालेकोले स्थानीयले राति नै घर छोडेकाले मानवीय क्षति भएन । पहिरोको धुलोले बैंसरी बजार पुरै छोपेको छ । रेडक्रसले घरविहिन पाँच परिवारलाई त्रिपाल उपलब्ध गराएको छ ।

भुकम्पको कारणले पहाडहरु धाँजा फाटेकोले बर्खा सुरु नहुँदै सुख्खा पहिरो चल्न थालेको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसमेत सुरक्षा अधिकारी घटनास्थल पुगेर जोखिमको अध्ययन गरेका छन् । ‘बैंसरी वस्ती उच्च जोखिममा छ । कम्तीमा यो बर्खासम्म स्थानान्तरण आवश्यक छ । 

कोई टिप्पणी नहीं: