शुक्रवार, 22 मई 2015

भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन !

८ जेठ, गोरखा । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन । लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिए । ‘पारिबाट हेर्दा भीरमा लाश देखिन्छ’ उनले भने, ‘पहिरोबाट शब निकाल्न सेना, प्रहरी परिचालन गरेका छौँ । निरन्तर पहिरो खसिरहेको छ । शब निकाल्नै सकिएन ।’ ‘भूकम्पमा परी ज्यान गुमाउनेहरूको पहिचान भइसकेको छैन’ उनले भने, ‘कुन भीरमा कसको लाश हो भन्नेबारे पनि एकिन भएन ।’ मनास्लु पदमार्गको विभिन्न ठाउँमा खच्चड गोठालो र भरिया पुरिएको हुनसक्ने आँकलन गरिएको छ । पदमार्ग खुलाउनका लागि ६० सशस्त्र प्रहरी र ५२ नेपाली सेना परिचालन गरिएको छ । ‘हेलिकोप्टरले ठाउँठाउँमा सेना, प्रहरी झार्नुपर्ने देखिन्छ’ प्रजिअ तिमल्सेनाले भने, ‘५०/५० जनाको समूह बनाएर मनास्लु पदमार्गमा झरेको पहिरो पन्छाउनुपर्छ ।’ अबरुद्ध बाटो खुलाउँदा पहिरोभित्र पुरिएका लाशहरू झिक्न सकिने उनले बताए ।रासस 

कोई टिप्पणी नहीं: