शुक्रवार, 22 मई 2015

सडक तथा आवास पुनर्निर्माणमा सहयोग गर्ने चिनियाँ बचन !

जेठ ८ काठमाडौं । चीनले विनाशकारी भूकम्पका कारण तहसनहस भएका सडक तथा आवासहरु पुननिर्माणमा सघाउने इच्छा देखाएको छ । भूकम्पपछिको राहत, पुनःस्थापना र पुनःनिर्माणबारे नेपाली अधिकारीहरुसँग छलफल गर्न चीनका सहायक विदेशमन्त्री लियू जियानचाओ नेपाल आएका छन् ।
Chinese-minister विमानस्थलमा सञ्चारकर्मीहरुसँग गर्दै लियूले भूकम्पले भत्किएका सडक र भवनहरु पुनःनिर्माणमा सघाउन चीन तयार रहेको बताए । यसबारे नेपाल सरकारसँग छलफल गर्ने उनले बताएका छन् । 
चीनका सहायक विदेशमन्त्री लियूले बिहीबार नै प्रधानमन्त्री सुशील कोइरालासँग भेटेर भूकम्पले भएको क्षति, खोजी, उद्धार, राहत र अब हुने पुस्थापना तथा पुनःनिर्माणबारे छलफल गरेका छन् ।
यस पटकको भूकम्प नेपालले ८२ बर्षपछि बेहोरेको सबैभन्दा ठूलो विपत्ति भएको भन्दै उनले आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको बताए । विशेषज्ञ सहितको टोली आधुनिक उपकरण सहित खोजी र उद्धारमा पठाएर चीनले नेपालको पीडामा मल्हम लगाएको कोइरालाले बताएको उनको निजी सचिवालयले जनाएको छ । कोइरालाले खोजी र उद्धार कार्य समापन तिर गएको तथा राहत र पुनःस्थापना चलिरहेको बताए । साथै वषर्ा अगावै पीडितहरुलाई सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने कार्य चुनौतिपूर्ण भएको बताए ।
भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनहरुलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्नमा पनि सहयोग आवश्यक पर्ने उनले बताए । कोइरालाले पुनःस्थापना र पुनर्निर्माणमा पनि नेपाललाई मित्रराष्ट्रहरुको हयोग आवश्यक पर्ने बताएका छन् ।
उनले चीनले दिने सहयोग निरन्तर जारी राख्ने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा चीन-नेपाल-भारतका बीचमा आर्थिक करिडर बनाउने बिषयमा कुरा भएको भन्दै उनले नेपालले गर्ने दातृृ राष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने बताए ।

कोई टिप्पणी नहीं: