शनिवार, 4 जुलाई 2015

यी हुन् कार्वाहीमा पर्न लागेका मेनपावर कम्पनी (४७ वटाको सूची सहित)


काठमाडौं,असार १ गते । नक्कली कागजातका आधारमा नेपाली कामदार विदेश पठाउन खोज्ने ४७ वटा मेनपावर कम्पनीहरुलाई अख्तियारले कार्वाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।baideshik-bivag
ती मेनपावर कम्पनीले सक्कली मागपत्र आफुखुशी सम्पादन गरी ठगी गरेको पनि अख्तियारले जनाएको छ । अख्तियारले बिशेषगरी मलेसियामा कामदार पठाउँदा नक्कली कागजपत्र र मागपत्र प्रयोग गरेको भन्दै त्यस्ता मेनपावर कम्पनीलाई कार्वाहीका लागि सिफारिस गरेको हो ।

कार्वाहीका लागि सिफारिस गरिएका ४७ वटै कम्पनीको कारोबार समेत रोक्का गरिएको अख्तियारले जनाएको छ । यस्ता मेनपावर कम्पनीलाई ३ वर्ष जेल सजाय वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
यी हुन् कार्वाहीमा पर्न लागेका मेनपावर कम्पनीहरुः
१. एस इम्प्लोयमेन्ट
२. मसारेक इन्टरनेसनल
३. मिराकल ओभरसिज
४. ड्रिम एन्ड गाइड
५. सलमानी ओभरसिज
६. अञ्जली ओभरसिज
७. गल्फ इनोभेसन
८. एमकन ओभरसिज
९. जब सर्च
१०. अल नासिर
११. मोभिरा ओभरसिज
१२. मादी ओभरसिज
१३. मेरिगोल्ड ओभरसिज
१४. योङ ओभरसिज
१५. ट्र्याक अन
१६. एसपीएम ओभरसिज
१७. सार्क ओभरसिज
१८. अरोरा ह्युमन रिसोर्स
१९. परदेशी ओभरसिज
२०. लक्की ओभरसिज
२१. नाइल इन्टरनेसनल
२२. स्वस्तिक ओभरसिज
२३. स्टार वे ओभरसिज
२४. रिजन ओभरसिज
२५. पर्फेक्ट कनेक्सन ओभरसिज
२६. डिलक्स ह्युमन रिसोर्स
२७. बेस्ट वे ओभरसिज
२८. डिप गेट वे
२९. पियर इन्टरनेसनल
३०. सिग्नल ओभरसिज
३१. सिटिजन ओभरसिज
३२. लक्की एचआर ओभरसिज
३३. जीएस इम्प्लोयमेन्ट
३४. रारा इम्प्लोेयमेन्ट
३५. फ्युचर लिंक इन्टरनेसनल
३६. अल ह्यात म्यानपावर
३७. गल्फ म्यानजमेन्ट
३८. युरोटेक प्रालि
३९. आस्था इन्टरनेसनल
४०. एनबी इन्टरनेसनल
४१. गतिशील ओभरसिज
४२. साउदी नेपाल
४३. वाटर ह्युमन रिसोर्स
४४. एबीसी प्लेसमेन्ट
४५. ग्रान्ड ओभरसिज
४६. लिबर्टी एचआर कन्सल्ट्यान्सी
४७. कालिञ्चोक म्यानपावर

कोई टिप्पणी नहीं: