शनिवार, 4 जुलाई 2015

सुन्धारामा गुन्डालाई गोली हानियो

काठमाडौ, असार १९ - नेपाल प्रहरीले सुन्धारास्थित बेबिलोन डिस्कोमा एक फरार कैदीलाई गोली हानेको छ । गएराति बिहान १ बजेर ४५ मिनेटमा महानगरीय प्रहरी अपराध महाशाखाबाट गएको प्रहरी टोलीले सन्की भनिने रावणजीत तामाङलाई गोली हानेको हो ।
Pistolतामाङ लागु औषध ओसारपसार तथा अपहरण कान्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेको फरार अपराधि हुन् ।
उनी भूकम्पले जिल्ला कारागार ध्वस्त भएपछि तामाङसहित त्यहाँबाट २ सय १६ कैदी भागेका थिए । उनलाई घुडा र घुडामुनि ३ वटा गोली हानिएको छ । तामाङसँगै भक्तपुरका उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालका अनुसार प्रहरी तामाङ राति डिस्कोमा छ भन्ने जानकारी पाएपछि पक्राउ गर्न सुन्धारा पुगेको थियो । प्रहरी आएको थाहा पाउने वित्तिकै तामाङसहित उसको समूह भागेको थियो । भाग्ने क्रममा तामाङ समूहले प्रहरीलाई हातपात गरेपछि प्रहरीले गोली हानेको थियो ।

तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि गुन्डाहरुलाई पक्राउ गर्ने अभियान अन्‍तर्गत अपराध महाशाखाको टोलीले उनीहरुलाई विशेष निगरानी गर्दै नियन्त्रणमा लिँदै आएको छ । 'हामीले पक्राउ गर्न खोज्दा हामी माथि नै हातपात गरि भाग्न खोजेकोले बाध्य भएर गोली चलाउन परेको हो,' महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालले भने ।

कोई टिप्पणी नहीं: