शनिवार, 4 जुलाई 2015

पोसाक र झोला पाएपछि विद्यार्थी मख्ख !

गोरखा, १९ असार-भूकम्पपीडित गोरखाको मसेल र बगुवा गाविसका विद्यालयका विद्यार्थीलाई शनिबार पोसाक र झोला वितरण गरिएको छ ।
schoolहेल्प नेपाल फाउन्डेसनले शनिबार मसेल गाविसको दुल्लव उच्चमावि, विन्द्रावति उच्चमावि र बगुवाको शान्ति उच्चमावि, सरस्वति उच्चमावि, दूधकन्या प्रावि, पन्द्रुङको जनजागृति प्रावि, महालक्ष्मी उच्चमाविलगायत विद्यालयका एक हजार १२५ विद्यार्थीलाई पोसाक र झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाएको छ । ती सामग्रीको मूल्य सात लाख ५० हजार रहेको दुल्लब उच्च माध्यामिक विद्यालयका शिक्षक ढकनाथ बस्ताकोटीले जानकारी दिए ।
विनाशकारी भूकम्पका कारण घर भत्केपछि विद्यार्थीको पोसाक, किताब पुरिएको थयो । भूकम्पका कारण गोरखाका ४९५ विद्यालय भत्किँदा अस्थायी टहरो बनाएर विद्यालय सञ्चालन गरिँदै आएको छ ।

कोई टिप्पणी नहीं: