शनिवार, 4 जुलाई 2015

हरि पराजुलीले मदिरा पिएर महिलामाथि अश्लील हर्कत गरेको खुलासा (केही तस्बिरसहित)

काठमाडौं,१९ असार– असार १५ गते धान दिवसका दिन काठमाण्डुको मुलपानीमा महिलामाथि अश्लील र अमर्यादित हर्कक गरेका कृषिमन्त्री हरि पराजुलीले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिए ।
hari parajuli 4मन्त्री पद त्यागेपछि पनि उनलाई केन्द्रीय सदस्यबाट हटाउन एमाले अध्यक्ष केपी ओलीमाथि पार्टीभित्रैबाट दबाब छ ।
दिन बित्दै जाँदा पराजुलीबारे थप तथ्य आउने क्रम जारी छ । यसैबीच पराजुलीले धान दिवसका दिन मदिरा सेवन गरेको खुलासा भएको छ । स्रोतका अनुसार घरमै मदिरा सेवन गरेर गएका उनले कार्यक्रममा पुगेपछि ‘सगुन’ का रुपमा थपेका थिए ।
मदिरा मत्त भएपछि उनले महिलाहरुमाथि हर्कत थालेको समाचार संकलनका लागि गएका पत्रकारहरुले बताए । प्रत्यक्षदर्शी एक फोटो पत्रकारका अनुसार पराजुलीको मुखबाट ह्वास्सै रक्सीको गन्ध आएको थियो ।

‘उनले मदिरा पिएका थिए’, उनले काठमाण्डु टुडेसँग भने, ‘मन्त्री मात्र होइन, कमन्सेन्स भएका कसैले पनि रक्सी नपिई त्यस्तो व्यवहार गर्न सक्दैन ।’ मन्त्री पराजुलीले कृषि मन्त्रालयकै महिला कर्मचारीबाट अंगालो मार्न सुरु गरेका थिए ।
hari parajuli 6ती पत्रकारका अनुसार मिडियाका क्यामेरा आफूतिर तेर्सिएपछि पराजुलीले ‘झ्याम्मै अंगालो हालियो, भोलि फेरि मिडियाले खेद्ने हुन् कि’ भनेका थिए । त्यही क्रममा पराजुलीले एक पुरुषलाई हिलोमा लडाए । ‘तँ ३० किलोको म ८० किलोको, तँलाई त म अचार बनाइहाल्छु नि’, उनले भनेका थिए ।
मन्त्रीले मोडलकै शैलीमा फरक फरक पोज दिने, बेलाबेला आँखा झिम्क्याउने, हात माथि ठड्याउने र जिब्रो मुखबाहिर निकालेर टोक्नेजस्ता गतिविधि गरेकोउनले सुनाए । ‘म त झिल्के मन्त्री पो हुँ भनेर जिब्रो निकालेका थिए’, उनले भने, ‘हामी मन्त्रीको शंकास्पद व्यवहार देखेर छक्क परेका थियौं ।’
हेर्नुस् पराजुलीले मदिरा पिएका थिए भन्ने आशंकालाई बल पुग्ने केही तस्वीर ।
तस्बिर : काठमाडौँ टुडे डटकमHari-parajulihari parajuli 4hari parajuli 7

कोई टिप्पणी नहीं: