शनिवार, 4 जुलाई 2015

'नेपाल भ्रमणका लागि बिल्कुल सुरक्षित'

  • हङकङ सरकारद्वारा रेड अलर्ट

    हङकङ, असार १९ - ‘नेपाल भ्रमणका लागि बिल्कुल सुरक्षित छ’ भन्ने नारासहित यहाँस्थित नेपाली महाबाणिज्य दूतावासले सन्देशप्रवाह कार्यक्रम गरेको छ ।
    हङकङ, चीनको गोन्झाउ र सेन्जेनका ट्राभल व्यवसायीहरू उपस्थित भेलामा भूकम्पपछि नेपाल भ्रमणका लागि पूर्ण सुरक्षित रहेको जानकारी गराइयो  । स्थानीय सरकारले भूकम्पपश्चात ट्राभल एडभाइजरीमार्फत आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ‘रेड अर्लट’ जारी गरेको छ ।
    तस्बिर सौजन्य: अम्बु गुरुङ
    hongkongभ्रमलाई चिर्न समेत कार्यक्रमको आयोजना गरिएको दूतावासले जनायो । ‘हामीले सरकारलाई पत्राचार गरी ‘रेड अर्लट’ हटाउन अनुरोध गरिसकेका छौं,’ महाबाणिज्यदूत महेशप्रसाद दाहालले भने, ‘यसबारे सकारात्मक जवाफ पाएका छौं, सायद केहीदिनमा हट्छ होला ।’
    चिम सा चोयस्थि मेरिनर्स क्लबमा शुक्रबार आयोजित कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि, नेपाल भ्रमण गरी फर्केका चिनियाँ र केही तेस्रो मुलुकका विदेशीहरू समेत गरी चारदर्जन बढीको सहभागिता थियो । यिनका विभिन्न जिज्ञासाहरूको जवाफ दिने क्रममा महाबाणिज्यदूत दाहालले हवाई, सडक यातायात, होटल तथा रेष्टुराँ र सार्वजनिक सेवाहरू नियमित सुचारु रहेको जानकारी गराएका थिए ।
    राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको हवाई भाडादर सहुलियतपूर्ण बनाइएकोबारे जानकारी गराउँदै यहाँस्थित स्टेसन मेनेजर केशव शर्माले नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न समेत सहभागीहरूलाई अनुरोध गरे । हङकङबाट बर्षेनी करिब ५ देखि ७ हजार पर्यटक नेपाल भ्रमणमा जाने गरेको दूतावासले जनाएको छ ।

     

कोई टिप्पणी नहीं: