बुधवार, 26 अगस्त 2015

बर्दियाको गुलरिया र राजापुरमा निषेधाज्ञा जारी

९ भदौ, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया र राजापुर नगरपालिकामा निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले गुलरियामा बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्मलाई निषेधाज्ञा जारी गरेको छ । त्यस्तै राजापुर नगरपालिकामा भने बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । नयाँ संविधानमा आफ्ना हक अधिकार सुनिश्चित गर्न माग गर्दै गरिएका प्रदर्शनलाई नियन्त्रणमा लिन र स्थितिलाई सामान्य बनाउन निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । 

कोई टिप्पणी नहीं: