बुधवार, 26 अगस्त 2015

ठूला मिडियामा ‘आगो लगाउने’ आङकाजीको चेतावानी

काठमाडौं (शेर्पाखबर) भाद्र ९। ठूला मिडियाले थारुहरुमाथि भएको दमनको समाचार संप्रेशन नगरेको भन्दै चौतर्फी आक्रोश बढ्दै गएको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा किसानले समाचार संप्रेशन नगर्ने ठूला मिडियामा आगजनी गर्ने समेत चेतावानी दिए । 
सामाजिक सञ्जालमा उनले भने यदि सञ्चार माध्यले थारु समुदाय माथीको भएको आक्रमणको बारेमा पत्रकार महासंघले विरोध गर्दैन भने आदिवासी, थारु, मधेसी र मुस्लीमले अति हिन्दुवादी कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिलाई जलाउ भन्ने सन्देश दिन सक्छ ’ भन्ने उल्लेख गरे । 
पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट प्रतिसमेत निकै रुष्ट देखिएका शेर्पाले कैलालीमा थारुले सञ्चालन गरेको एफएममा आगो लगाउँदा समेत महासंघ मौन वसेको भन्दै असन्तोष व्यक्त गरे । महासंघका अध्यक्ष डा. विष्ट प्रति कटाक्ष गर्दै उनले ‘थारु एफ एम मा आगो लगाउदा  पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट किन मौन छ ? प्रश्न गरे । ठूला मिडियालाई अतिहिन्दुवादीको संज्ञा दिँदै उनले सबै भाषा, धर्म, संस्कृतीको संरक्षण मिडियाले गर्न सक्नुपर्नेमा जोड दिए । सबैको अस्तीत्व स्वीकार्न नसके नतिजा थप नराम्रो हुने समेत उनको चेतावानी छ। मिडियाले थारुहरुको आवाजलाई वेवस्ता गरिएको संकेत गर्दै उनले समाचार सन्तुलीत हुनुपर्ने धारण राखे । 
थारुहरुमाथि भएको प्रहरी दमनका विषयमा कसैले पनि उल्लेख नगरेको प्रति आपती जनाउँदै थारुहरुको घर जल्दा मिडिया मौन वसेको आरोप लगाए । वेलावेलामा सामामाजिक सञ्जालमा दिने अभिव्यक्तिकै कारण विवादमा समेत तानिदै आएको नेता शेर्पा सामाजिक सञ्जालकै कारण चर्चामा पनि छन् । 

कोई टिप्पणी नहीं: