रविवार, 2 अगस्त 2015

अपराध रोक्न कानुन सशक्त बनाऊ : मानवअधिकार आयोग

१७ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासीमा बालकलाई बलि दिइएको घटनालाई क्रूर र जघन्य अपराध भन्दै यस्ता पाशविक कार्य नियन्त्रण गर्न सशक्त कानून बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । आयोग प्रवक्ता मोहना अन्सारीले आइतबार प्रेस विज्ञप्ति निकालेर मौजुदा कानूनहरुलाई समय सापेक्ष परिमार्जन गर्न ध्यानाकर्षण गराएकी हुन् । अपराधमा संलग्न व्यक्तिहरुलाई कानून बमोजम अधिकतम सजाय हुनुपर्ने तथा मृतकका घरपरिवार ज्याला मजदुरी गर्ने भएकाले तत्काल राहत र क्षतिपूर्ति स्वरुप उचित रकम उपलब्ध गराउन आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले नवलपरासीको जस्ता घटना पुनः दोहोरिन नदिन कानूनी कारबाही र सचेतना आवश्यक रहेको औंल्याएको छ । नवलपरासीको कुडिया गाविस ४ का कोदाई हरिजनका बिरामी छोरा विजयको उपचारका लागि नर बलि आवश्यक परेको भन्दै कोदाई हरिजन र झाँक्रीहरुले मर्चहवाका शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको घाँटी रेटी हत्या गरेका थिए । 

कोई टिप्पणी नहीं: