रविवार, 2 अगस्त 2015

अविरल वर्षाले धनगढी बजार क्षेत्र डुबानमा

धनगढी, श्रावण १७ - केही परिवार विस्थापित भएका छन् । धनगढी नगरपालिकाको चटकपुर, विशालनगर, ओमशान्ति टोल, सन्तोसी टोल, क्याम्पस रोड, हिव नगर  हसनपुर, बजार लगायतका क्षेत्र डुबानमा परेको छ । नगरपालिकाले ढल निकास प्रवन्ध नगरेकोले धनगढी डुबान परेको हो ।
Dhangadiडुबानमा परेका घर भित्रका लत्ताकपडा, खाद्यन्न र इलोक्ट्रोनिक्स समाग्री भिजेका छन् । विशालनगरका एकसय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई प्रहरीले  उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । कलकारखाना, उद्योग र बजार खुल्न सकेको छैन । विद्यार्थीहरु स्कुल समेत जान पाएनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विक्रम चन्दले धनगढी डुबान क्षेत्रमा तीनसय प्रहरी परिचालन गरेको जनाएको छ । पानी रोकिएकाले डुबानको पानी बिस्तारै घट्दै गएको उनले बताए । त्यसैगरी  कैलालीको मोहना र कर्णाली  नदीमा पानीको सतह बढ्दै गएको छ । उक्त नदीका तटीय क्षेत्रमा बसेका बासिन्दा डुबानमा पर्ने डरले चिन्तित छन् ।

कर्णाली र मोहना तटीय क्षेत्रमा जिल्लाका दुई दर्जन भन्दा बढी गाविस पर्छन् । ‘पानी परेपछि रातभरी जागै बस्नु पर्छ,’ भजनीका होरीलाल चौधरीले भने, ‘नदीमा खतराको चिन्ह भन्दा माथि पानी चढेपछि रातोरात सुरक्षित स्थान तर्फ भाग्नु पर्छ ।'  कर्णाली नदीमा १५ मिटर माथिको पानीको सतह पुगेपछि  गाउँमा खतराको साइरन लाग्ने गरेको छ । मोहना नदीमा ९ मिटर पुगेपछि साईरन बज्छ ।

कोई टिप्पणी नहीं: