मंगलवार, 25 अगस्त 2015

बेलहिया झडपका घाइते आन्दोलनकारीको उपचारका क्रममा मृत्यु

सलमान खान ८ भदौ, भैरहवा । बिहिवार रुपन्देहीको बेलहियामा भएको झडपमा घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको बन्दका क्रममा आन्दोलनकारी भैरहवा भन्सार कार्यालयमा ताला लगाउने भन्दै बेलहिया पुगेपछि प्रहरी, बन्दको प्रतिकार समूह र आन्दोलनकारीबिच भएको थियो ।
झडपका क्रममा कम्हरीया निबहिवाका २० वर्षीय दुर्गेश यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट नेपाल मेडिकल कलेज शिक्षण अस्पताल रिफर भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको रुपेन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिए । यादवको बुबा तराई मधेश लोकतान्त्रिक पार्टी कम्हरिया गाविस इकाई कमिटीका अध्यक्ष हुन् । यसअघि झडपपछि भाग्ने क्रममा नदीमा खसेर वेपत्ता भएका सुनिल यादवको शव शनिबार नदीमा भेटिएको थियो । 

कोई टिप्पणी नहीं: