बुधवार, 26 अगस्त 2015

रिडीमा पहिलो पल्ट लाखे महोत्सव हुने।

रुरु नेटवर्क रिडी,भाद्र ९ । रिडीमा पहिलो पल्ट लाखे महोत्सव हुने भएको छ्। रिडीमा रहेका बिभिन्न सामाजिक संघ सस्थाहरुको संयुक्त पहलमा हुन लागेको उक्त महोत्सवमा करीब १० स्थानका लाखे नाच लाई प्रदर्शन गर्ने कार्यक्रम रहेको छ्। कार्यक्रम अनुसार बिभिन्न स्थान बाट आउने लाखे नाच लाई संयुक्त रुपमा नचाउदै रिडी बजार परीक्रमा गराउने र बसपार्कमा भेला भइ लाखे नाच तथा औपचारिक कर्यक्रम गर्ने कार्यक्रम रहेको छ्।
 त्यस्तै महोत्सवमा सामेल हुन आउने लाखे टिम लाई खाने,बस्ने तथा सवारी खर्च आयोजकले नै बेहोर्ने भएको छ्। यही भदौको अन्त्य तिर गर्न लागिएको उक्त कार्यक्रम सम्पन्न गर्नका लागि करीब १ लाख रुपैया लाग्ने र उक्त रकम बिभिन्न सामाजिक संघसस्था तथा ब्यक्तीहरु बाट सहयोग स्वरुप संकलन गरिदै छ्। त्यस्तै कार्यक्रमका आर्थिक सहयोगीहरु लाई बिशेष सम्मान गर्ने कार्यक्रम समेत रहेको छ्। कार्यक्रममा रुरुक्षेत्र साँस्कृतिक समिती,गुल्मी उद्योग बाणीज्य संघ रिडी शाखा, रिडी बजार ब्यबस्थापन समिती, रुरु फ्रेन्डस क्लब, जनजाती महसंघ तथा बिभिन्न जातीय संगठनहरुको सहभागीतामा हुन गइरहेको छ्।

कोई टिप्पणी नहीं: