मंगलवार, 25 अगस्त 2015

थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल

Bhim-Rawal८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले टीकापुरमा भएको घटना नियोजित भएको बताएका छन् । उनले टीकापुर घटनालाई राजनीतिक भन्न नसकिने समेत बताएका छन् ।
संविधानसभा भवन परिसर बानेश्वरमा पत्रकार सम्मेलन गरेर एमाले नेता रावलले भने-थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काउने काम भएको छ ।’ थारुहरुको जायज माग सम्बोधन गर्न सकिने तर, हिंसा अस्वीकार्य भएको उनले बताएका छन् । कैलालीलाई थारु बाहुल्य प्रदेशमा राख्नुपर्ने थारु मागबारे साधिएको प्रश्नमा एमाले उपाध्यक्ष रावलले भने-‘थारु बस्ती रहेको नवपरासीदेखि बर्दियासम्म प्रदेश बनेकै छ ।’ 

कोई टिप्पणी नहीं: